१६ वर्षीय बालकको अपहरणपछि हत्या : अनुसन्धानको लागि आठजना पक्राउ
- सत्यदीप सन्देश संवाददाता
- अशोज ७, २०८२
- 282 Shares
सिरहा । सिराहको गोलबजार नगरपालिका–१३ का १६ वर्षीय अभिषेक महतोको अपहरणपछि हत्या गरिएको घटनामा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या गरिएका व्यक्तिका आफन्त र छिमेकसहित आठ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । बालकको शव गाउँ नजिकै फेला परेकाले परिवार वा छिमेकी नै संलग्न हुनसक्ने आशङ्का गरिएको छ ।
“हाल अनुसन्धान जारी रहेकाले नियन्त्रणमा लिइएका व्यक्तिहरूको नाम सार्वजनिक गरिएको छैन”, जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक अनन्तराम शर्माले भने, “दोषीलाई चाँडै कानुनी दायरामा ल्याइनेछ । घटनाको थप अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट तालिम प्राप्त कुकुरसमेत मगाइएको छ ।”
उनका अनुसार आज बिहान अभिषेक महतोको शव हातखुट्टा बाँधिएको अवस्थामा घरदेखि करिब एक सय मिटरपूर्व आँपको बगैँचामा फेला परेको थियो । परिवारका अनुसार अभिषेक आइतबार राति करिब ८ बजेबाट बेपत्ता भएका थिए । रातभरि खोजतलास गर्दा पनि फेला नपरेपछि सोमबार बिहान अभिषेकको मोबाइलबाट आमाको मोबाइलमा फिरौती मागिएको म्यासेज आएको थियो । त्यसपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो ।
आज बिहान शव फेला परेपछि परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
- पोखराबाट अन्तर्राष्ट्रिय उडानको नयाँ युग, आजदेखि दुबई नियमित उडान सुरु
- कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदै
- नेपाली कांग्रेसका ६३ जिल्लामा वडा अधिवेशन सकियो, अरू जिल्लामा जारी
- उमेर हद र दुई कार्यकालको प्रस्ताव ओलीद्वारा अस्वीकार, एमाले सचिवालयमा चर्काचर्की
- पारदर्शी साकोसको छैठौँ अधिवेशन सम्पन्न, किरण गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : दोस्रो दिन ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सकियो
- सामागाउँका युवा आमरण अनसनमा, प्रदेश सरकारले वार्तामा बोलायो
- नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु
- पाल्पामा दुर्घटना अपडेट : एक जनाको मृत्यु, ५ जना घाइते
- रास्वपाको सचिवालय बैठक : सरकारलाई झन् शक्तिशाली बनाएर अघि बढ्ने निष्कर्ष
-
आज भाद्र शुक्ल पञ्चमीः ऋषिपञ्चमी पर्व मनाइँदै
भदौ ३०, २०८३

लेखकको सम्वन्धमा