चर्चामा

सरकारप्रति ओलीको कटाक्ष : पासपोर्ट रोक्छौ, सुविधा काट्छौ, तर सुरक्षा दिन्छौ कि दिन्दैनौ ?

सरकारप्रति ओलीको कटाक्ष : पासपोर्ट रोक्छौ, सुविधा काट्छौ, तर सुरक्षा दिन्छौ कि दिन्दैनौ ?
0 0
Read Time:2 Minute, 35 Second

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तयार गरेको पासपोर्ट रोक्का गर्ने योजनालाई कडा भाषामा खण्डन गर्दै सरकारमाथि आक्रामक प्रहार गरेका छन् ।

शनिबार भक्तपुरको गुण्डुमा आयोजित चियापान कार्यक्रममा सम्बोधन गर्दै निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान सरकारलाई “हाहुको सरकार” भन्दै खिल्ली उडाए । उनले भने, “पासपोर्ट रोक्ने रे १ के ठानेको छ रु हामी यो देश बनाएर बसेका छौं, हाहुको सरकारलाई जिम्मा लगाएर विदेश भाग्ने होइनौं ।”

ओलीले आफूलाई लक्षित गरेर सोशल मिडियामा घरसम्म घेराउ गर्ने हल्ला फैलाइएको आरोप पनि लगाए । “केपी ओलीको घर लोकेट गरेर घेर्न जाऔं भनेर देखाइएको छ । मेरो घर तोकिएको छ । अनि सरकार के हेरेर बसिरहेको छ रु सरकारको कर्तव्य के हो रु आतंक फैलाएर राजनीति गर्नेहरूलाई मात्रै सुरक्षा दिने कि रु” उनले सरकारलाई प्रश्न गरे ।

सरकार सुविधा र गाडी फिर्ता गर्ने, पासपोर्ट रोक्ने, मुद्दा चलाउने भन्ने धम्कीमा मात्रै अल्झिएको आरोप लगाउँदै ओलीले भने, “ठीक छ, सुविधा चाहिँदैन, गाडी चाहिँदैन । तर सुरक्षा चाहिँ दिनैपर्छ । सरकारमा हुनेहरूले कर्तव्य पुरा गर्ने कि गर्ने होइन रु”

उनले वर्तमान सरकारको गतिविधि असुरक्षा र त्रास फैलाउनेतिर केन्द्रित भएको आरोप लगाउँदै चेतावनी दिए, “असुरक्षाको माध्यमबाट सत्तामा पुगेकाहरूले अरुलाई पनि असुरक्षित बनाउने खेल खेल्दै छन् । तर जनतालाई मूर्ख ठान्ने गल्ती नगर्नु ।”

अन्त्यमा ओलीले राजनीतिक परिस्थिति चिरकाल अन्धकारमा नबस्ने संकेत गर्दै भने, “मौसम पनि सधैं एकनास हुँदैन । झरी–बादलपछि फेरि घाम लाग्छ । राजनीति पनि त्यस्तै हो—आजको बादल चिर्न ढिला भए पनि भोलि फेरि मुस्कान आउँछ।”

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %