तीजको खर्च कटौती गरी दशरथ टोल विकास संस्थाद्वारा बाढीपीडितलाई सहयोग
- सत्यदीप सन्देश संवाददाता
- भदौ २५, २०८३
- 22 Shares
बुटवल । बुटवल–८,सुख्खानगरस्थित दशरथ टोल विकास संस्थाले हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीजको खर्च कटौती गरेर भोटेकोशी बाढी–पहिरो प्रभावितहरूका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
संस्थाले तीजको अवसरमा हुने फजुल खर्चलाई कटौती गर्दै भोटेकोशीको बाढी र पहिरोबाट प्रभावित भएका परिवारहरूको राहत तथा सहयोगका लागि रु. २१,५००/- ( एकाइस हजार पाँच सय रुपैया) रकम हस्तान्तरण गरेको हो ।
विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको पीडामा मलम लगाउने र साथ दिने उद्देश्यले यो सहयोग गरिएको संस्थाकी अध्यक्ष कल्पना अर्यालले जानकारी दिनुभयो ।
अध्यक्ष अर्यालका अनुसार तीज जस्तो पर्वको फजुल खर्च बचाएर गरिएको यो सानो प्रयत्नले संकटमा परेकाहरूलाई राहत पुग्नुका साथै समाजमा मानवीय सेवा र सद्भावको भावनालाई अझ मजबुत बनाउने विश्वास लिइएको छ । सहयोगी हातहरू नै मानवताको वास्तविक पहिचान हुन्, उहाँले भन्नुभयो ।
विपद्को समयमा टोल विकास संस्थाले देखाएको यो अग्रसरता र सामाजिक उत्तरदायित्वको स्थानीयस्तरमा प्रशंसा भएको छ ।
प्रतिकृया दिनुहोस्
- दसैँअघि भोटेकोशीमा सडक सञ्चालन गर्न राष्ट्रपति पौडेलको सरकारलाई आग्रह
- पोखराका कवाडी व्यवसायीद्वारा भोटेकोशी बाढीपीडितलाई १० लाख बराबरको राहत हस्तान्तरण
- सम्पर्कविहीन नागरिकहरूको विवरण तत्काल अद्यावधिक गरी परिवारलाई सही सूचना दिइयोस् : कांग्रेस
- प्रधानमन्त्री र प्रधानसेनापतिबीच छलफल जारी, प्रहरी र सशस्त्रका प्रमुखसँग पनि आजै भेट्ने
- संसद्मा आज रवि लामिछानेले सम्बोधन गर्ने
- पहिरो खसेर थुनिएको किम्रुङ खोलाको बहाब खुल्यो, खोला साविककै अवस्थामा बग्न थाल्यो
- जेनजी सहिद र घाइतेको अपमान महसुस भयो : रास्वपा सचेतक धिताल
- अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह
- कांग्रेसको १५ औं महाधिवेशनका लागि भृकुटीमण्डपमा हल, बगैंचा र पार्किङ स्थल बुकिङ
- जेनजी आन्दोलनको एक वर्ष : सत्ता बदलियो, बदलिएन जनताको सास्ती
-
कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै
भदौ २१, २०८३

लेखकको सम्वन्धमा