तीजको खर्च कटौती गरी दशरथ टोल विकास संस्थाद्वारा बाढीपीडितलाई सहयोग
- सत्यदीप सन्देश संवाददाता
- भदौ २५, २०८३
- 63 Shares
बुटवल । बुटवल–८,सुख्खानगरस्थित दशरथ टोल विकास संस्थाले हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीजको खर्च कटौती गरेर भोटेकोशी बाढी–पहिरो प्रभावितहरूका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
संस्थाले तीजको अवसरमा हुने फजुल खर्चलाई कटौती गर्दै भोटेकोशीको बाढी र पहिरोबाट प्रभावित भएका परिवारहरूको राहत तथा सहयोगका लागि रु. २१,५००/- ( एकाइस हजार पाँच सय रुपैया) रकम हस्तान्तरण गरेको हो ।
विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको पीडामा मलम लगाउने र साथ दिने उद्देश्यले यो सहयोग गरिएको संस्थाकी अध्यक्ष कल्पना अर्यालले जानकारी दिनुभयो ।
अध्यक्ष अर्यालका अनुसार तीज जस्तो पर्वको फजुल खर्च बचाएर गरिएको यो सानो प्रयत्नले संकटमा परेकाहरूलाई राहत पुग्नुका साथै समाजमा मानवीय सेवा र सद्भावको भावनालाई अझ मजबुत बनाउने विश्वास लिइएको छ । सहयोगी हातहरू नै मानवताको वास्तविक पहिचान हुन्, उहाँले भन्नुभयो ।
विपद्को समयमा टोल विकास संस्थाले देखाएको यो अग्रसरता र सामाजिक उत्तरदायित्वको स्थानीयस्तरमा प्रशंसा भएको छ ।
प्रतिकृया दिनुहोस्
- टंक प्रसाद गैरेको प्यानलद्वारा उम्मेदवारी घोषणा ,१० बुँदे प्रतिबद्धता सार्वजनिक
- पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक
- दशैंको टीकाको साइत बिहान १०:२६ बजे
- नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : गगन थापा
- कांग्रेसले निष्ठाको राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ होला : रवि लामिछाने
- देशको नेतृत्व गगन थापाले गर्ने बेला आयो : प्रचण्ड
- संविधान संशोधन संसद्को गणित मात्रै होइन, राष्ट्रिय अपनत्वको विषय बन्नुपर्छ : विश्वप्रकाश
- राजनीतिक दलहरूले साझा राष्ट्रिय विकास योजना तयार गर्नुपर्छ : बाबुराम भट्टराई
- कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, काठमाडौंको खुलामञ्चमा उद्घाटन समारोह
-
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
अशोज १५, २०८३ -
तिनाउ नदीमा शव फेला
अशोज १६, २०८३ -
कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
अशोज १८, २०८३ -
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३

लेखकको सम्वन्धमा