सिद्धबाबा क्षेत्रमा कारमाथि पहिरोसँगै ढुङ्गा खस्दा तीन जना घाइते
- सत्यदीप सन्देश संवाददाता
- भदौ ३०, २०८३
- 43 Shares
Read Time:1 Minute, 20 Second
बुटवल । सिद्धबाबा क्षेत्रमा कारमाथि पहिरोसँगै ढुङ्गा खस्दा तीन जना घाइते भएका छन् । आज बेलुकी साढे ६ बजेतिर पाल्पा-बुटवल सडकखण्डअन्तर्गत तिनाउ गाउँपालिका-३, माथिल्लो सिद्धबाबा मन्दिर (झरना) नजिकै दुर्घटना भएको हो। पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च ३९९९ नम्बरको कारमाथि अचानक सडक माथिबाट ढुङ्गा खसेको थियो।
दुर्घटनामा परेर घाइते हुनेहरूमा:
राज कुमार लोध (३६ वर्ष): कार चालक, शुद्धोधन गाउँपालिका-२ कोलुवा, रुपन्देही (अवस्था सामान्य)
जुलन गैरे (३७ वर्ष): बुटवल उपमहानगरपालिका-७ दीपनगर, रुपन्देही (अवस्था गम्भीर)
राधिका ढकाल (६२ वर्ष): बुटवल उपमहानगरपालिका, जेसिज चोक, रुपन्देही (अवस्था गम्भीर)
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार घाइते सबैको बुटवल अस्पताल प्रालिमा उपचार भइरहेको छ । ढुङ्गाको ठक्करबाट कार पूर्ण रूपमा क्षतविक्षत भएको छ ।
प्रतिकृया दिनुहोस्
- पोखराका ३३ वटै वडाको भू–उपयोग वर्गीकरण पूरा, कित्ताकाट खुला
- पोखरा–दुबई सिधा उडान असोज ७ देखि, अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पर्यटकीय नगरी
- आज भाद्र शुक्ल पञ्चमीः ऋषिपञ्चमी पर्व मनाइँदै
- भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति
- विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौंः शिक्षामन्त्री पोखरेल
- हरितालिका तीज पर्व आज, महादेवको पूजा-आराधना गरी मनाइँदै
- फेरिँदै गएको तीज: संस्कृति कि भड्किलो प्रदर्शन ?
- कृष्णभिरमा कटानको काम सकियो, असोज १ अघि नै पृथ्वी राजमार्ग खुलाउने तयारी
- पोखरा विमानस्थल सञ्चालन जिम्मा पनि निजी क्षेत्रलाई दिन आग्रह
- नेपाल प्रेस युनियन रुपन्देहीको नयाँ कार्यसमितिको पदस्थापन
-
फेरिँदै गएको तीज: संस्कृति कि भड्किलो प्रदर्शन ?
भदौ २८, २०८३ -
कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै
भदौ २१, २०८३

लेखकको सम्वन्धमा