कृष्णभीरको वैकल्पिक सडक निर्माण अन्तिम चरणमा, भोलिदेखि दुईतर्फी चल्ने
- सत्यदीप सन्देश संवाददाता
- भदौ ३१, २०८३
- 53 Shares
Read Time:1 Minute, 3 Second
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरको वैकल्पिक सडकखण्ड निर्माण अन्तिम चरणमा रहेको छ । पूर्वाधार विकास मन्त्रालयले अहिलेसम्म ९० प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भएको जानकारी दिएको छ ।
कृष्णभीरमा निर्माण गरिएको २७० मिटर नयाँ सडकखण्डमा कटिङ, ग्राभेलिङ तथा सतह मुनिको पानी निकास संरचना निर्माणको काम सम्पन्न भएको छ । बाँकी आधार तह निर्माणको काम आज बेलुकासम्म पूरा गर्ने गरी काम भइरहेको जनाइएको छ ।
रातिको समयमा पनि निर्माण कार्यलाई निरन्तरता दिन प्रकाशको व्यवस्था गरिएको छ । विहिबारदेखि कृष्णभीर सडकखण्डमा सबै प्रकारका सवारीसाधन दुईतर्फी रूपमा सञ्चालन गरिने मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस्
- टंक प्रसाद गैरेको प्यानलद्वारा उम्मेदवारी घोषणा ,१० बुँदे प्रतिबद्धता सार्वजनिक
- पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक
- दशैंको टीकाको साइत बिहान १०:२६ बजे
- नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : गगन थापा
- कांग्रेसले निष्ठाको राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ होला : रवि लामिछाने
- देशको नेतृत्व गगन थापाले गर्ने बेला आयो : प्रचण्ड
- संविधान संशोधन संसद्को गणित मात्रै होइन, राष्ट्रिय अपनत्वको विषय बन्नुपर्छ : विश्वप्रकाश
- राजनीतिक दलहरूले साझा राष्ट्रिय विकास योजना तयार गर्नुपर्छ : बाबुराम भट्टराई
- कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, काठमाडौंको खुलामञ्चमा उद्घाटन समारोह
-
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
अशोज १५, २०८३ -
तिनाउ नदीमा शव फेला
अशोज १६, २०८३ -
कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
अशोज १८, २०८३ -
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३

लेखकको सम्वन्धमा