रसुवा बाढीको नामकरण गर्न दलहरूले सरकारलाई आग्रह गर्ने
- सत्यदीप सन्देश संवाददाता
- भदौ ३१, २०८३
- 11 Shares
काठमाडौँ । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले भदौ १० गते चीनको तिब्बतबाट रसुवाको भोटेकोशी हुँदै आएको बाढीको नामकरण गर्न सरकारलाई आग्रह गर्ने भएका छन् । बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा यसबारे छलफल भएको र सरकारलाई उक्त बाढीको नामकरण गर्न सुझाव दिने निर्णय भएको बताए ।
बैठकपछि विश्वमा कुनै पनि विपतपछि नाम दिने चलन रहेको अवस्थामा भोटेकोशी बाढी गएको तीन साता बित्दा समेत कुनै नामकरण नभएकोबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा सभापति लामिछानेले यसबारे सर्वदलीय बैठकमा छलफल भएको जानकारी दिँदै सरकारलाई सुझाव दिने निर्णय भएको बताए ।
‘हाम्रो आजको बैठकको एउटा विषय यो पनि थियो । सबै दलका नेताहरूले पनि उठाउनुभएको थियो । र, विज्ञहरूले भएको के हो रु भनेर भन्नुपर्ने हुन्छ । किनभने यो जटिल किसिमको भएकाले अनुसन्धान र विज्ञताको आवश्यकता भएकाले सरकारलाई यसलाई नामकरण गर्नुपर्छ भनेर भन्ने निर्णय गरेका छौँ ।’
प्रतिकृया दिनुहोस्
- रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय समिति गठन
- कृष्णभीरको वैकल्पिक सडक निर्माण अन्तिम चरणमा, भोलिदेखि दुईतर्फी चल्ने
- सिद्धबाबा क्षेत्रमा कारमाथि पहिरोसँगै ढुङ्गा खस्दा तीन जना घाइते
- पोखराका ३३ वटै वडाको भू–उपयोग वर्गीकरण पूरा, कित्ताकाट खुला
- पोखरा–दुबई सिधा उडान असोज ७ देखि, अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पर्यटकीय नगरी
- आज भाद्र शुक्ल पञ्चमीः ऋषिपञ्चमी पर्व मनाइँदै
- भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति
- विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौंः शिक्षामन्त्री पोखरेल
- हरितालिका तीज पर्व आज, महादेवको पूजा-आराधना गरी मनाइँदै
- फेरिँदै गएको तीज: संस्कृति कि भड्किलो प्रदर्शन ?
-
फेरिँदै गएको तीज: संस्कृति कि भड्किलो प्रदर्शन ?
भदौ २८, २०८३ -
कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै
भदौ २१, २०८३

लेखकको सम्वन्धमा