चर्चामा

पार्टी विभाजनप्रति असन्तुष्टि जनाउँदै शेखर कोइरालाद्वारा मध्यमार्गी समझदारीका लागि आग्रह

पार्टी विभाजनप्रति असन्तुष्टि जनाउँदै शेखर कोइरालाद्वारा मध्यमार्गी समझदारीका लागि आग्रह
0 0
Read Time:1 Minute, 32 Second

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन र घोषित दुई महाधिवेशनका कारण राष्ट्रियता एवम् लोकतान्त्रिक आन्दोलनमा गम्भीर आघात पुग्ने चेतावनी दिएका छन् । उनले पार्टीलाई एकढिक्का बनाउन मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोज्न सबै पक्षलाई आह्वान गरेका छन् ।

नेता कोइरालाले जारी गरेको प्रेस वक्तव्यमा आसन्न महाधिवेशन र पार्टीको आन्तरिक कलहप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । ‘कांग्रेस फुटेर होइन, जुटेर मात्रै राष्ट्र निर्माणको नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छ,’ कोइरालाले भने ।

मुलुक अहिले कठिन चौबाटोमा उभिएको उल्लेख गर्दै उनले नेतृत्वले समझदारी, सहमति र सहकार्यबाट काम नगरे राष्ट्रको अस्तित्व नै संकटमा पर्न सक्ने औंल्याए । नेपाल कसैको अधीनमा नबसेको गौरवशाली इतिहास रहेको स्मरण गराउँदै उनले कांग्रेसले पनि कहिल्यै कसैको गोटी बनेर स्वाधीनता र लोकतन्त्रसँग सम्झौता नगरेको स्पष्ट पारे ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %