चर्चामा

१३ देशका लागि राजदूत सिफारिस

१३ देशका लागि राजदूत सिफारिस
0 0
Read Time:2 Minute, 27 Second

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको  । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजङ्ग थापाको नाम सिफारिस गरिएको छ ।

त्यस्तै, संयुक्त अधिराज्य (बेलायत)का लागि अवकाशप्राप्त पूर्वप्रधानसेनापति गौरव शम्शेर जबराको नाम सिफारिस गरिएको छ। जापानका लागि जिग्यान कुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचन सिफारिसमा परेका छन् ।

यसैगरी जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्राडा। सङ्गम श्रेष्ठ, श्रीलङ्काका लागि डा. मञ्चल झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतमा सिफारिस गरिएको छ ।

सिफारिस गरिएका व्यक्तिहरूको नाम अब संसदीय सुनुवाइका लागि संघीय संसद्मा पठाइनेछ । संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सम्बन्धित मुलुकमा उनीहरूको नियुक्तिका लागि सहमति माग्दै ‘एग्रिमो’ पठाइनेछ  । सम्बन्धित मुलुकबाट एग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले औपचारिक रूपमा सम्बन्धित देशका लागि राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया रहेको छ ।

सरकारले राजदूत सिफारिस गर्दा कूटनीतिक क्षेत्रसँगै विभिन्न पेशा, अध्ययन, अनुसन्धान र नेतृत्वको अनुभव भएका व्यक्तिहरूलाई प्राथमिकता दिएको जनाएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %