आज संविधान दिवस मनाइँदै
- सत्यदीप सन्देश संवाददाता
- अशोज ३, २०८३
- 21 Shares
Read Time:1 Minute, 14 Second
काठमाडौँ । आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै हरेक वर्ष असोज ३ गते संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउने गरिन्छ ।
संविधान दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरू सहभागी हुने गरेका छन् ।
प्रदेश सरकार र स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दल, विभिन्न सङ्घसंस्था तथा नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी संविधान दिवस मनाउने गरिन्छ ।
दिवसको अवसरमा विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देशसमेत जारी गरेका छन् ।
प्रतिकृया दिनुहोस्
- नेपाली कांग्रेस महाधिवेशनमा होमियो, आजदेखि वडा अधिवेशन, के छ त उम्मेदवारको योग्यता
- १३ देशका लागि राजदूत सिफारिस
- सबैलाई समेटेर अघि बढ्न जुनसुकै लचकता अपनाउन तयार छु : गगन थापा
- पार्टी विभाजनप्रति असन्तुष्टि जनाउँदै शेखर कोइरालाद्वारा मध्यमार्गी समझदारीका लागि आग्रह
- बालिकालाई १९ दिनसम्म बन्धक बनाएर जबरजस्ती करणी गर्ने युवालाई कारागार चलान
- आज विश्वकर्मा पूजा : देशैभर धातुजन्य उपकरण तथा औजारको पूजा गरी मनाइँदै
- कृष्णभिरको सडकमा आजबाट दुईतर्फी यातायात सेवा सञ्चालन
- रसुवा बाढीको नामकरण गर्न दलहरूले सरकारलाई आग्रह गर्ने
- रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय समिति गठन
- कृष्णभीरको वैकल्पिक सडक निर्माण अन्तिम चरणमा, भोलिदेखि दुईतर्फी चल्ने
-
फेरिँदै गएको तीज: संस्कृति कि भड्किलो प्रदर्शन ?
भदौ २८, २०८३

लेखकको सम्वन्धमा