कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न
- सत्यदीप सन्देश संवाददाता
- अशोज ३, २०८३
- 8 Shares
काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म हुन गइरहेको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडा अधिवेशन प्रक्रिया उत्साहप्रद रूपमा प्रारम्भ भएको जनाएको छ ।
निर्वाचन कार्यक्रमअन्तर्गत ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौँ, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम ९पूर्व०, रोल्पा, प्युठान, रुकुमपश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलाली जिल्ला गरी ४३ जिल्लाका तीन हजार ३९६ वडामा अधिवेशनपश्चात निर्वाचन सम्पन्न भएको कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।
आज सुरु भएको वडा अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएको समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
यसैगरी, केन्द्रीय निर्वाचन समितिबाट प्रकाशित कार्यतालिका अनुसार रसुवा, नुवाकोट र धादिङ जिल्लाबाहेक अन्य ३१ जिल्लाको वडा अधिवेशन भोलि असोज ४ गते पनि निरन्तर जारी रहने उनले बताए ।
प्रतिकृया दिनुहोस्
- एमाले पुनर्गठन कार्यदल र सचिवालय बैठक बस्दै
- कांग्रेसको १५औं महाधिवेशन : वडा अधिवेशन आज सकिदै
- नेपाली कांग्रेस महाधिवेशनमा होमियो, आजदेखि वडा अधिवेशन, के छ त उम्मेदवारको योग्यता
- आज संविधान दिवस मनाइँदै
- १३ देशका लागि राजदूत सिफारिस
- सबैलाई समेटेर अघि बढ्न जुनसुकै लचकता अपनाउन तयार छु : गगन थापा
- पार्टी विभाजनप्रति असन्तुष्टि जनाउँदै शेखर कोइरालाद्वारा मध्यमार्गी समझदारीका लागि आग्रह
- बालिकालाई १९ दिनसम्म बन्धक बनाएर जबरजस्ती करणी गर्ने युवालाई कारागार चलान
- आज विश्वकर्मा पूजा : देशैभर धातुजन्य उपकरण तथा औजारको पूजा गरी मनाइँदै
- कृष्णभिरको सडकमा आजबाट दुईतर्फी यातायात सेवा सञ्चालन
-
फेरिँदै गएको तीज: संस्कृति कि भड्किलो प्रदर्शन ?
भदौ २८, २०८३ -
आज भाद्र शुक्ल पञ्चमीः ऋषिपञ्चमी पर्व मनाइँदै
भदौ ३०, २०८३

लेखकको सम्वन्धमा