चर्चामा

पाल्पामा दुर्घटना अपडेट : एक जनाको मृत्यु, ५ जना घाइते

पाल्पामा दुर्घटना अपडेट : एक जनाको मृत्यु, ५ जना घाइते
0 0
Read Time:1 Minute, 47 Second

पाल्पा । पाल्पाको तानसेन नगरपालिका–८ भालेबासमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

आईतबार दिउँसो करिब ३ बजेर ३० मिनेटमा बुटवलबाट तानसेनतर्फ आउँदै गरेको भे १ ज ९७६ नम्बरको फोर्स गाडी सिद्धार्थ राजमार्गअन्तर्गत भालेबासमा अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी पूर्व खोला गाउँपालिका–४ की ६३ वर्षीया अनसरा खाम्चाको मृत्यु भएको लुम्बिनी मेडिकल कलेज तानसेनले जनाएको छ ।

दुर्घटनामा पारी गाडी चालक पूर्व खोला गाउँपालिका–१ का २९ वर्षीय नरबहादुर राना, पूर्व खोला–१ कै ५० वर्षीय कृष्णबहादुर राजमगर, पूर्व खोला–४ घर भई हाल तानसेन–४ भगवती टोल बस्ने २८ वर्षीया मनकुमारी सारु र उनकी ७ वर्षीया छोरी साहिरस सारु घाइते भएका छन् ।

यस्तै, पूर्व खोला गाउँपालिका–४ की ५ वर्षीया नातिनी सायरा खाम्चा घाइते भएका छन् ।

घाइते सबैलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भिमलाल भट्टराईले जानकारी दिए । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %