पाल्पामा दुर्घटना अपडेट : एक जनाको मृत्यु, ५ जना घाइते
- सत्यदीप सन्देश संवाददाता
- अशोज ४, २०८३
- 56 Shares
पाल्पा । पाल्पाको तानसेन नगरपालिका–८ भालेबासमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
आईतबार दिउँसो करिब ३ बजेर ३० मिनेटमा बुटवलबाट तानसेनतर्फ आउँदै गरेको भे १ ज ९७६ नम्बरको फोर्स गाडी सिद्धार्थ राजमार्गअन्तर्गत भालेबासमा अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परी पूर्व खोला गाउँपालिका–४ की ६३ वर्षीया अनसरा खाम्चाको मृत्यु भएको लुम्बिनी मेडिकल कलेज तानसेनले जनाएको छ ।
दुर्घटनामा पारी गाडी चालक पूर्व खोला गाउँपालिका–१ का २९ वर्षीय नरबहादुर राना, पूर्व खोला–१ कै ५० वर्षीय कृष्णबहादुर राजमगर, पूर्व खोला–४ घर भई हाल तानसेन–४ भगवती टोल बस्ने २८ वर्षीया मनकुमारी सारु र उनकी ७ वर्षीया छोरी साहिरस सारु घाइते भएका छन् ।
यस्तै, पूर्व खोला गाउँपालिका–४ की ५ वर्षीया नातिनी सायरा खाम्चा घाइते भएका छन् ।
घाइते सबैलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भिमलाल भट्टराईले जानकारी दिए । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
- टंक प्रसाद गैरेको प्यानलद्वारा उम्मेदवारी घोषणा ,१० बुँदे प्रतिबद्धता सार्वजनिक
- पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक
- दशैंको टीकाको साइत बिहान १०:२६ बजे
- नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : गगन थापा
- कांग्रेसले निष्ठाको राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ होला : रवि लामिछाने
- देशको नेतृत्व गगन थापाले गर्ने बेला आयो : प्रचण्ड
- संविधान संशोधन संसद्को गणित मात्रै होइन, राष्ट्रिय अपनत्वको विषय बन्नुपर्छ : विश्वप्रकाश
- राजनीतिक दलहरूले साझा राष्ट्रिय विकास योजना तयार गर्नुपर्छ : बाबुराम भट्टराई
- कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, काठमाडौंको खुलामञ्चमा उद्घाटन समारोह
-
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
अशोज १५, २०८३ -
तिनाउ नदीमा शव फेला
अशोज १६, २०८३ -
कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
अशोज १८, २०८३ -
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३

लेखकको सम्वन्धमा