चर्चामा

नेपाली कांग्रेसका ६३ जिल्लामा वडा अधिवेशन सकियो, अरू जिल्लामा जारी

नेपाली कांग्रेसका ६३ जिल्लामा वडा अधिवेशन सकियो, अरू जिल्लामा जारी
0 0
Read Time:2 Minute, 47 Second

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सकिएको छ । केन्द्रीय कार्यसमितिको निर्णयानुसार असोज १६ देखि १९ गतेसम्म हुने महाधिवेशनका लागि असोज ५ गते तेस्रो दिन पनि उत्साहप्रद रूपमा वडा अधिवेशन चलिरहेको पार्टीले जनाएको छ ।

वडा अधिवेशन सकिएका जिल्लाहरूमा ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर र ओखलढुंगा रहेका छन् ।

यस्तै झापा, सुनसरी, बारा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर र काठमाडौँमा पनि वडा अधिवेशन सकिएको छ ।

गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, स्याङ्जा, म्याग्दी, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, बाँके र बर्दियामा पनि अधिवेशन सकिएको छ ।

त्यस्तै रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी, कञ्चनपुर, सिन्धुपाल्चोक, पर्सा, पर्वत, बाग्लुङ, कपिलवस्तु, डोटी, दाङ र कैलालीमा वडा अधिवेशन सकिएको छ ।

केही जिल्ला र क्षेत्रहरूमा भने वडा अधिवेशन अन्तिम चरणमा पुगेको छ । धनुषा क्षेत्र नम्बर ४, मोरङ क्षेत्र नम्बर ६, नवलपरासी क्षेत्र नम्बर २, सप्तरी क्षेत्र नम्बर २ र ४, सिरहा, रौतहट क्षेत्र नम्बर १ तथा सर्लाही क्षेत्र नम्बर २ का वडाहरूमा अधिवेशन अन्तिम चरणमा छ ।

अछाममा ३ वडा, डडेल्धुरामा ४ वडा, रुपन्देहीमा ३ वडा र महोत्तरीमा ८ वडाको अधिवेशन सकिन बाँकी रहेको छ ।

धादिङ र नुवाकोटसहित असोज ५ गते सकिन बाँकी रहेका वडाहरूको अधिवेशन असोज ६ गते मङ्गलबार जारी रहनेछ ।

‘केन्द्रीय महाधिवेशनको कार्यतालिकाअनुसार देशैभर वडा अधिवेशन उत्साहप्रद रूपमा अगाडि बढिरहेको छ,’ सदस्य सचिव राजु कटुवालले भने ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %