कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित
- सत्यदीप सन्देश संवाददाता
- अशोज ८, २०८३
- 60 Shares
बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुटवल उपमहानगर समितिको सभापतिमा ज्योति भण्डारी निर्वाचित हुनुभएको छ ।
भण्डारीले ४११ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी जितबहादुर मल्लले २२६ मत प्राप्त गर्नुभयो ।
निर्वाचनबाट उपसभापतिमा गणेश घिमिरे (३४९ मत) र महिला उपसभापतिमा गंगा पन्थी (३८० मत) निर्वाचित हुनुभएको छ। उहाँहरूका प्रतिस्पर्धी क्रमशः तिर्थराज काफ्लेले २५७ र करुणा मल्लले २३९ मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै, सचिवमा इन्जिनियर अर्जुन गिरी (३४९ मत) र सहसचिवमा नारायण खनाल (३०४ मत) निर्वाचित हुनुभएको छ। उहाँहरूका प्रतिस्पर्धी रमेशप्रसाद अधिकारीले २२० र सूर्यप्रसाद काफ्लेले २६४ मत ल्याउनुभयो ।
खुला युवा सदस्यतर्फ सगुन पुन (३८४ मत) र डा. सन्तोषप्रसाद ढकाल (३६१ मत) निर्वाचित हुनुभएको छ ।
यसअघि नेतृत्वका लागि भण्डारी र मल्लले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दिनुभएको थियो । भण्डारी समूहबाट उपसभापतिमा गणेश घिमिरे, महिला उपसभापतिमा गंगा पन्थी, सचिवमा अर्जुन गिरी र सहसचिवमा नारायण खनाल उम्मेदवार हुनुहुन्थ्यो भने मल्ल समूहबाट क्रमशः तिर्थराज काफ्ले, करुणा मल्ल, रमेशप्रसाद अधिकारी र सूर्यप्रसाद काफ्ले चुनावी मैदानमा हुनुहुन्थ्यो ।
कुल ६६९ मतदाता रहेको बुटवल नगर समितिमा ६४८ मत खसेको निर्वाचन अधिकृत जिवनारायण अधिकारीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस्
- टंक प्रसाद गैरेको प्यानलद्वारा उम्मेदवारी घोषणा ,१० बुँदे प्रतिबद्धता सार्वजनिक
- पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक
- दशैंको टीकाको साइत बिहान १०:२६ बजे
- नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : गगन थापा
- कांग्रेसले निष्ठाको राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ होला : रवि लामिछाने
- देशको नेतृत्व गगन थापाले गर्ने बेला आयो : प्रचण्ड
- संविधान संशोधन संसद्को गणित मात्रै होइन, राष्ट्रिय अपनत्वको विषय बन्नुपर्छ : विश्वप्रकाश
- राजनीतिक दलहरूले साझा राष्ट्रिय विकास योजना तयार गर्नुपर्छ : बाबुराम भट्टराई
- कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, काठमाडौंको खुलामञ्चमा उद्घाटन समारोह
-
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
अशोज १५, २०८३ -
तिनाउ नदीमा शव फेला
अशोज १६, २०८३ -
कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
अशोज १८, २०८३ -
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३

लेखकको सम्वन्धमा