चर्चामा

कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित

कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित
0 0
Read Time:2 Minute, 5 Second

बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुटवल उपमहानगर समितिको सभापतिमा ज्योति भण्डारी निर्वाचित हुनुभएको छ ।

भण्डारीले ४११ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी जितबहादुर मल्लले २२६ मत प्राप्त गर्नुभयो ।

निर्वाचनबाट उपसभापतिमा गणेश घिमिरे (३४९ मत) र महिला उपसभापतिमा गंगा पन्थी (३८० मत) निर्वाचित हुनुभएको छ। उहाँहरूका प्रतिस्पर्धी क्रमशः तिर्थराज काफ्लेले २५७ र करुणा मल्लले २३९ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै, सचिवमा इन्जिनियर अर्जुन गिरी (३४९ मत) र सहसचिवमा नारायण खनाल (३०४ मत) निर्वाचित हुनुभएको छ। उहाँहरूका प्रतिस्पर्धी रमेशप्रसाद अधिकारीले २२० र सूर्यप्रसाद काफ्लेले २६४ मत ल्याउनुभयो ।

खुला युवा सदस्यतर्फ सगुन पुन (३८४ मत) र डा. सन्तोषप्रसाद ढकाल (३६१ मत) निर्वाचित हुनुभएको छ ।

यसअघि नेतृत्वका लागि भण्डारी र मल्लले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दिनुभएको थियो । भण्डारी समूहबाट उपसभापतिमा गणेश घिमिरे, महिला उपसभापतिमा गंगा पन्थी, सचिवमा अर्जुन गिरी र सहसचिवमा नारायण खनाल उम्मेदवार हुनुहुन्थ्यो भने मल्ल समूहबाट क्रमशः तिर्थराज काफ्ले, करुणा मल्ल, रमेशप्रसाद अधिकारी र सूर्यप्रसाद काफ्ले चुनावी मैदानमा हुनुहुन्थ्यो ।

कुल ६६९ मतदाता रहेको बुटवल नगर समितिमा ६४८ मत खसेको निर्वाचन अधिकृत जिवनारायण अधिकारीले जानकारी दिनुभयो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %