अत्यधिक पानी पर्न सक्ने भन्दै पोखराले दियो विद्यालयमा २ दिन बिदा
- सत्यदीप सन्देश संवाददाता
- अशोज ८, २०८३
- 33 Shares
पोखरा । सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण पोखरा महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा दुई दिन स्थानीय बिदा दिएको छ ।
मौसममा आएको अचानक परिवर्तन र प्राकृतिक प्रकोपको उच्च जोखिमलाई मध्यनजर गर्दै पूर्वसावधानीस्वरूप आज ८ गते र भोलि ९ गते महानगरभित्र सञ्चालित सबै विद्यालयहरू बन्द रहने महानगरपालिकाले जनाएको छ।
मेयर धनराज आचार्यका अनुसार पठनपाठन बन्द गरिएको यी दुई दिनको अवधि पछि दिइने अन्य सार्वजनिक बिदासँग समायोजन गरिने छ ।
मेयर आचार्यले सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै महानगरले विपद्को यस जोखिमपूर्ण अवस्थामा विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्पूर्ण नगरवासीलाई आ–आफ्नो स्थानमा सतर्क र सुरक्षित रहन आग्रह गरेका छन् ।
मौसम पूर्वानुमान महाशाखाले गण्डकी, लुम्विनी लगायतका क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।
धेरै वर्षा हुने प्रक्षेपण भएपछि विराटनगर महानरपालिकाले पनि विद्यालयमा दुई दिन बिदा दिएको छ ।
प्रतिकृया दिनुहोस्
- टंक प्रसाद गैरेको प्यानलद्वारा उम्मेदवारी घोषणा ,१० बुँदे प्रतिबद्धता सार्वजनिक
- पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक
- दशैंको टीकाको साइत बिहान १०:२६ बजे
- नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : गगन थापा
- कांग्रेसले निष्ठाको राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ होला : रवि लामिछाने
- देशको नेतृत्व गगन थापाले गर्ने बेला आयो : प्रचण्ड
- संविधान संशोधन संसद्को गणित मात्रै होइन, राष्ट्रिय अपनत्वको विषय बन्नुपर्छ : विश्वप्रकाश
- राजनीतिक दलहरूले साझा राष्ट्रिय विकास योजना तयार गर्नुपर्छ : बाबुराम भट्टराई
- कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, काठमाडौंको खुलामञ्चमा उद्घाटन समारोह
-
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
अशोज १५, २०८३ -
तिनाउ नदीमा शव फेला
अशोज १६, २०८३ -
कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
अशोज १८, २०८३ -
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३

लेखकको सम्वन्धमा