चर्चामा

नेपाली कांग्रेसको ६३० पालिकामा अधिवेशन सम्पन्न, प्रतिकूल मौसम रहेका क्षेत्रमा असोज १३ भित्र गर्न निर्देशन

नेपाली कांग्रेसको ६३० पालिकामा अधिवेशन सम्पन्न, प्रतिकूल मौसम रहेका क्षेत्रमा असोज १३ भित्र गर्न निर्देशन
0 0
Read Time:1 Minute, 54 Second

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत ६६ जिल्लाका ६ सय ३० पालिकामा अधिवेशन सम्पन्न भएको छ।

केन्द्रीय निर्वाचन समितिका अनुसार देशभरका अधिकांश वडा अधिवेशन सकिएर गाउँ तथा नगर अधिवेशन सम्पन्न हुने क्रम जारी रहँदा ६३० पालिकामा नयाँ नेतृत्व चयन भइसकेको हो ।

यसैबिच, देशका विभिन्न भागमा भइरहेको अविरल वर्षाका कारण असोज १० गतेका लागि तय भएको प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन प्रभावित हुन सक्ने भन्दै केन्द्रीय समितिले मौसम अनुकूल भए तोकिएकै मितिमा र प्रतिकूल भए असोज १३ गतेभित्र अधिवेशन गर्न निर्देश गरेको छ ।

‘विभिन्न स्थानमा भारी वर्षा भइरहेकाले अधिवेशन प्रक्रियामा कठिनाइ भएको खबर प्राप्त भएको छ,’ केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले भने, ‘मौसम विभागको सतर्कता सूचनालाई ध्यानमा राख्दै अनुकूल रहेका क्षेत्रमा असोज १० गते नै र प्रतिकूल रहेका क्षेत्रमा स्थानीय पार्टी कमिटीसँग समन्वय गरी असोज १३ गतेभित्र आवश्यक व्यवस्था मिलाउन निर्देश गरिएको छ ।’

कांग्रेसले वर्षाको समयमा सतर्कता अपनाउँदै क्षेत्रीय अधिवेशनका बाँकी कार्यक्रम सम्पन्न गर्न सम्बन्धित निर्वाचन अधिकृतहरूलाई आग्रह गरेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %