नेपाली कांग्रेसको ६३० पालिकामा अधिवेशन सम्पन्न, प्रतिकूल मौसम रहेका क्षेत्रमा असोज १३ भित्र गर्न निर्देशन
- सत्यदीप सन्देश संवाददाता
- अशोज ८, २०८३
- 32 Shares
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत ६६ जिल्लाका ६ सय ३० पालिकामा अधिवेशन सम्पन्न भएको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार देशभरका अधिकांश वडा अधिवेशन सकिएर गाउँ तथा नगर अधिवेशन सम्पन्न हुने क्रम जारी रहँदा ६३० पालिकामा नयाँ नेतृत्व चयन भइसकेको हो ।
यसैबिच, देशका विभिन्न भागमा भइरहेको अविरल वर्षाका कारण असोज १० गतेका लागि तय भएको प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन प्रभावित हुन सक्ने भन्दै केन्द्रीय समितिले मौसम अनुकूल भए तोकिएकै मितिमा र प्रतिकूल भए असोज १३ गतेभित्र अधिवेशन गर्न निर्देश गरेको छ ।
‘विभिन्न स्थानमा भारी वर्षा भइरहेकाले अधिवेशन प्रक्रियामा कठिनाइ भएको खबर प्राप्त भएको छ,’ केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले भने, ‘मौसम विभागको सतर्कता सूचनालाई ध्यानमा राख्दै अनुकूल रहेका क्षेत्रमा असोज १० गते नै र प्रतिकूल रहेका क्षेत्रमा स्थानीय पार्टी कमिटीसँग समन्वय गरी असोज १३ गतेभित्र आवश्यक व्यवस्था मिलाउन निर्देश गरिएको छ ।’
कांग्रेसले वर्षाको समयमा सतर्कता अपनाउँदै क्षेत्रीय अधिवेशनका बाँकी कार्यक्रम सम्पन्न गर्न सम्बन्धित निर्वाचन अधिकृतहरूलाई आग्रह गरेको छ ।
प्रतिकृया दिनुहोस्
- टंक प्रसाद गैरेको प्यानलद्वारा उम्मेदवारी घोषणा ,१० बुँदे प्रतिबद्धता सार्वजनिक
- पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक
- दशैंको टीकाको साइत बिहान १०:२६ बजे
- नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : गगन थापा
- कांग्रेसले निष्ठाको राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ होला : रवि लामिछाने
- देशको नेतृत्व गगन थापाले गर्ने बेला आयो : प्रचण्ड
- संविधान संशोधन संसद्को गणित मात्रै होइन, राष्ट्रिय अपनत्वको विषय बन्नुपर्छ : विश्वप्रकाश
- राजनीतिक दलहरूले साझा राष्ट्रिय विकास योजना तयार गर्नुपर्छ : बाबुराम भट्टराई
- कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, काठमाडौंको खुलामञ्चमा उद्घाटन समारोह
-
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
अशोज १५, २०८३ -
तिनाउ नदीमा शव फेला
अशोज १६, २०८३ -
कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
अशोज १८, २०८३ -
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३

लेखकको सम्वन्धमा