चर्चामा

काँग्रेस कास्की क्षेत्र नं. १ को सभापतिमा सरोज केसीको उम्मेदवारी घोषणा

काँग्रेस कास्की क्षेत्र नं. १ को सभापतिमा सरोज केसीको उम्मेदवारी घोषणा
0 0
Read Time:3 Minute, 7 Second

पोखरा । नेपाली काँग्रेसका युवा नेता सरोज केसीले कास्की क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार पोखरामा पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफू सभापतिको दौडमा रहेको औपचारिक जानकारी गराएका हुन् ।

हाल सोही क्षेत्रको क्षेत्रीय सचिव रहेका केसीले पार्टी संगठनलाई थप व्यवस्थित, सक्रिय र बलियो बनाउन आफ्नो उम्मेदवारी रहेको बताए ।

“म सभापतिको जिम्मेवारीमा आएपछि संगठनलाई केही व्यक्तिको पहुँचमा मात्र सीमित राख्ने छैन, सबै कार्यकर्ताका लागि समान र सहज बनाउनेछु,” उनले भने, “वडा तहदेखि क्षेत्रीय तहसम्म संगठनका गतिविधि नियमित बनाउने, युवालाई जिम्मेवारी दिने, महिला सहभागिता बढाउने र अग्रजहरूको अनुभवलाई संगठन निर्माणमा जोड्ने मेरो प्राथमिकता हुनेछ ।”

आफ्नो उम्मेदवारी कसैको विरोधमा नभई क्षेत्र नं. १ मा काँग्रेसलाई अझ प्रभावकारी बनाउने उद्देश्यले प्रेरित रहेको उनले प्रस्ट पारे। उनले यस उम्मेदवारीलाई व्यक्तिको नभई नयाँ कार्यशैली र सहभागिताको प्रयासका रूपमा बुझिदिन कार्यकर्ताहरूसँग आग्रह गरे ।

संगठन विस्तार, नयाँ पुस्तालाई आकर्षण, कार्यकर्तामा भरोसा अभिवृद्धि र जनतासँगको सम्बन्ध सुदृढ बनाउनु अहिलेको मुख्य चुनौती रहेको उनको भनाइ छ। त्यसका लागि “बोल्नेभन्दा बढी सुन्ने र निर्देशन दिनुभन्दा पहिले कार्यकर्ताको अवस्था बुझ्ने” संस्कार बसाल्ने प्रतिबद्धता उनले जनाए ।

राजनीतिक पृष्ठभूमि

सानै उमेरदेखि राजनीतिमा सक्रिय केसी काँग्रेस कास्कीका पूर्व जिल्ला सभापति कृष्ण केसीका छोरा हुन् । नेपाल विद्यार्थी संघ (नेवि संघ) बाट राजनीतिक यात्रा सुरु गरेका उनी नेवि संघको केन्द्रीय सदस्य हुँदै कास्की काँग्रेसको क्षेत्रीय सचिवसम्म पुगेका छन् ।

पत्रकारको प्रश्नको उत्तर दिँदै उनले वडा अधिवेशनमा उत्साहजनक सहभागिता नदेखिए पनि काँग्रेस तात्न केही समय लाग्ने र तात्तिकेपछि माहौल बुलन्द हुने दाबी गरे । साथै, कास्की १ मा सर्वसम्मत नेतृत्व चयनका लागिसमेत पहल भइरहेको उनले जानकारी दिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %