गण्डक ब्यारेजमा २ लाख ७३ हजार क्युसेक पानीको प्रवाह, खतरा सूचकनजिक
- सत्यदीप सन्देश संवाददाता
- अशोज १०, २०८३
- 20 Shares
फाइल तस्बिर
काठमाडौं । नेपाल/भारत सीमा क्षेत्रमा पर्ने गण्डक ब्यारेजमा पानीको बहाव बढेको छ । शनिबार बिहान ९ बजेको विवरणअनुसार गण्डक ब्यारेजबाट २ लाख ७३ हजार ६ सय क्युसेक पानी प्रवाह भइरहेको छ ।
गण्डक ब्यारेज, वाल्मीकिनगरका अनुसार ब्यारेजको माथिल्लो तटीय क्षेत्रमा पानीको सतह ३५९.४० फिट र तल्लो तटीय क्षेत्रमा ३५६.८० फिट मापन गरिएको छ। ब्यारेजको तल्लो तर्फ पनि २ लाख ७३ हजार ६ सय क्युसेक पानीको बहाव रहेको छ ।
गण्डक ब्यारेजको संरचना पुरानो भएकाले ३ लाख क्युसेक पानीको प्रवाहलाई खतराको सूचक मानिँदै आएको छ। हाल ब्यारेजमा प्रवाह भइरहेको पानीको मात्रा उक्त सीमाभन्दा करिब २६ हजार ४ सय क्युसेक कम छ ।
यसैबीच, नेपालतर्फ देवघाटमा बिहान ८:३५ बजे ३ लाख ४८ हजार क्युसेक पानीको बहाव मापन गरिएको छ । देवघाटको बहाव बढ्दो क्रममा रहेको विवरणमा उल्लेख छ ।
देवघाटमा मापन भएको पानीको बहाव गण्डक ब्यारेजतर्फ समेत प्रभाव पार्न सक्ने भएकाले ब्यारेज र तल्लो तटीय क्षेत्रमा पानीको सतह तथा बहाव थप बढ्न सक्ने अवस्था रहेको छ ।
बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै गण्डक ब्यारेज तथा नारायणी नदीको तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई नदीको बहाव र जलस्तरमा हुने परिवर्तनप्रति सतर्क रहन आग्रह गरिएको छ।
२०८० साल साउन २९ गते पनि २ लाख ७३ हजार ६ सय क्युसेक प्रतिसेकेन्ड पानी प्रवाह हुँदा ब्यारेजका ३६ वटै ढोका खोलिएको थियो ।
प्रतिकृया दिनुहोस्
- संयुक्त राष्ट्रसंघ महासभामा सहभागी भई प्रधानमन्त्री शाह स्वदेश फिर्ता
- रुपन्देहीमा उत्पादित ‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
- कोशी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका ३० ढोका खोलिए
- तिनाउ किनारमा बाढीको जोखिमः पुलमुनि बस्दै आएका १५ जनालाई सारियो कान्ति माविमा
- काँग्रेस कास्की क्षेत्र नं. १ को सभापतिमा सरोज केसीको उम्मेदवारी घोषणा
- नेपाली कांग्रेसको ६३० पालिकामा अधिवेशन सम्पन्न, प्रतिकूल मौसम रहेका क्षेत्रमा असोज १३ भित्र गर्न निर्देशन
- अविरल वर्षाको जोखिमपछि बुटवलका विद्यालय दुई दिन बन्द
- अत्यधिक पानी पर्न सक्ने भन्दै पोखराले दियो विद्यालयमा २ दिन बिदा
- कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित
- नेपाली कांग्रेस पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी
-
कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित
अशोज ८, २०८३ -
आज संविधान दिवस मनाइँदै
अशोज ३, २०८३

लेखकको सम्वन्धमा