चर्चामा

नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक

नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
0 0
Read Time:1 Minute, 37 Second

काठमाडौं । चितवनस्थित नारायणी नदीमा राखिएको क्रुजसिप नै बाढीले बगाएको छ । आइतबार दिउँसो नदीमा राखिएको क्रजुसिप बगाएको हो । बगेर आएको क्रुजसिपले नारायणी नदीमा रहेको पुलको पिलरमा धक्का दिएको छ ।

अहिले पुलमा उक्त क्रुजसिप आएर ठोक्किएको एसपी रामेश्वर पौडेलले जानकारी दिए । ‘पुलको गैंडाकोटपट्टिको पिल्लरमा अड्किएर बसेको छ । पानीको सतह बढ्दैछ, जोखिम पनि बढ्दैछ,’ उनले भने ।

उनले पानीको बहाब बढिरहेको पनि जानकारी दिए । उनका अनुसार अहिले पुलबाट सवारी सञ्चालनमा रोक लगाइएको छ। चार दिनदेखिको अविरल वर्षापछि नारायणी नदीमा पानीको बहाव अत्यधिक बढेपछि पुलमा सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।

नारायणीको बहाव बढेको र अझै बढ्ने क्रम जारी रहेकाले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नारायणी पुलमा सवारीसाधन तथा आवतजावतमा समेतमा प्रतिबन्ध लगाइएको हो ।

नारायणी नदीमा निरन्तर पानीको सतह बढिरहेको छ । नदीमा पानीको तह १२ मिटर पुगेको छ ।

नारायणी नदीको पानी अहिले भरतपुर महानगरपालिकाका विभिन्न बस्तीमा पसेर डुबान भएको छ । दर्जनौं घरको आधा आधी पानी पसेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %