नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
- सत्यदीप सन्देश संवाददाता
- अशोज ११, २०८३
- 74 Shares
काठमाडौं । चितवनस्थित नारायणी नदीमा राखिएको क्रुजसिप नै बाढीले बगाएको छ । आइतबार दिउँसो नदीमा राखिएको क्रजुसिप बगाएको हो । बगेर आएको क्रुजसिपले नारायणी नदीमा रहेको पुलको पिलरमा धक्का दिएको छ ।
अहिले पुलमा उक्त क्रुजसिप आएर ठोक्किएको एसपी रामेश्वर पौडेलले जानकारी दिए । ‘पुलको गैंडाकोटपट्टिको पिल्लरमा अड्किएर बसेको छ । पानीको सतह बढ्दैछ, जोखिम पनि बढ्दैछ,’ उनले भने ।
उनले पानीको बहाब बढिरहेको पनि जानकारी दिए । उनका अनुसार अहिले पुलबाट सवारी सञ्चालनमा रोक लगाइएको छ। चार दिनदेखिको अविरल वर्षापछि नारायणी नदीमा पानीको बहाव अत्यधिक बढेपछि पुलमा सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।
नारायणीको बहाव बढेको र अझै बढ्ने क्रम जारी रहेकाले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नारायणी पुलमा सवारीसाधन तथा आवतजावतमा समेतमा प्रतिबन्ध लगाइएको हो ।
नारायणी नदीमा निरन्तर पानीको सतह बढिरहेको छ । नदीमा पानीको तह १२ मिटर पुगेको छ ।
नारायणी नदीको पानी अहिले भरतपुर महानगरपालिकाका विभिन्न बस्तीमा पसेर डुबान भएको छ । दर्जनौं घरको आधा आधी पानी पसेको छ ।
प्रतिकृया दिनुहोस्
- टंक प्रसाद गैरेको प्यानलद्वारा उम्मेदवारी घोषणा ,१० बुँदे प्रतिबद्धता सार्वजनिक
- पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक
- दशैंको टीकाको साइत बिहान १०:२६ बजे
- नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : गगन थापा
- कांग्रेसले निष्ठाको राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ होला : रवि लामिछाने
- देशको नेतृत्व गगन थापाले गर्ने बेला आयो : प्रचण्ड
- संविधान संशोधन संसद्को गणित मात्रै होइन, राष्ट्रिय अपनत्वको विषय बन्नुपर्छ : विश्वप्रकाश
- राजनीतिक दलहरूले साझा राष्ट्रिय विकास योजना तयार गर्नुपर्छ : बाबुराम भट्टराई
- कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, काठमाडौंको खुलामञ्चमा उद्घाटन समारोह
-
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
अशोज १५, २०८३ -
तिनाउ नदीमा शव फेला
अशोज १६, २०८३ -
कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
अशोज १८, २०८३ -
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३

लेखकको सम्वन्धमा