एटलस वेलफेयरको दशैं वार्षिक साधारण सभा तथा चौंथो अधिवेशन
बुटवल । एट्लस वेलफेयर अर्गनाइजेनशनको दशौं साधारण सभा तथा चौथो अधिवेशन शनिबार होटल स्पान बुटवलमा सम्पन्न गरेको छ ।
सामाजिक रुपान्तरणका लागि सामाजिक उत्तरदायित्व बहन सहित महिला, युवा र पछाडी पारिएका वर्गहरुको सशक्तिकरण गर्ने उद्देश्यले स्थापना भएको लोक कल्याणकारी तथा गैर नाफा मुलक संस्थाले आफ्नो स्थापना कालदेखि अहिलेसम्म विभिन्न कार्यक्रमहरु संचालन गर्दे १० वर्ष पार गरेको छ ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका ८ का अध्यक्ष यज्ञ प्रसाद पंगेनीले समाज रुपान्तरणका लागि एट्लसले विभिन्न क्षेत्रमा काम गर्दे आएको र आफनो कार्यालयसाग पनि समन्वय गरेर अगाडी बढेको बताउदै आगामी दिनमा पनि समन्वय सहकार्यलाई निरन्तरता दिन आग्रह गर्दे वडाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अध्यक्ष पंगेनीले भन्नुभयो संस्था समाजमा भएको विकृत्ति र विसंगति हटाउनका लागि संस्थाले गरेको काममा स्थानीय सरकार सधै सहयोग गर्न तयार भएकोले प्रतिफल दिने काममा जोड दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा संस्था स्थापनाकालदेखि हालसम्म आइपुग्दा संस्थाले भोग्नु परेका अप्ठयारा, संस्थापक, संरक्षसम्म र संस्थाका सबै पदाधिकारीहरु र सदस्यहरुको योगदान र भूमिकाका कारण १० औं साधारण सभा र चौंथो अधिवेशनसम्म विभिन्न क्षेत्रमा परिचित हुन पाएको संस्थाका संरक्षक प्रमचन्द्र श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दे संस्थाका अध्यक्ष कल्पना श्रेष्ठले संस्थालाई यहाँसम्म पुरयाउनका लागि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुसँगको समन्वय र संस्थाका कार्यसमितीका पदाधिकारीहरु र सदस्यहरुको त्याग र संस्थाप्रतिको लगावले यो सम्भव भएको बताउनुभयो । अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा महिला सशक्तिकरण,लागुऔषध दुव्यर्सन सम्बनधी सचेतना, मानसिक रोग सम्बनधी सचेतना, रक्तदान कार्यक्रम लगायतका कार्यक्रमको माध्यमबाट कार्यक्रम अगाडी बढाएको बताउनुभयो ।
कार्यक्रममा संस्थाका प्रेस सल्लाहकार रीमा बि.सी.ले संस्थाले समाज रुपान्तरणका लागि मानअधिकारमैत्री संस्कारको विकास गर्नका लागि राज्यको मूलधारमा आउन नसकेका समुदायहरु, महिला, दलित, अपांगता भएका व्यक्तिहरु, विद्यार्थीहरु,सीमान्तकृत समुदायका व्यक्तिहरुका सवालमा काम गर्दे आएको बताउदै सकारात्मक कामका लागि सधैं साथ रहेको बताउनुभयो ।
कार्यक्रममा संस्थापक सदस्य राजेश थैवले संस्थाको स्थापनाकालदेखि अहिलेको अवस्थासम्म आइ पुग्दा संस्थाक र संरक्षकको आँट र दृढ संकल्पका कारण संस्थाले १० औं वर्ष सानदारका साथ पार गरेको बताउनुभयो ।
कार्यक्रममा लेखा समिती संयोजक किरण केसीले संस्थालाई चुस्त दुरुस्त राख्न, पारदर्शी बनाउन र समाजमा विस्वासको वातावरण श्रृजना गर्दे आएको बताउदै सुशासन एट्लसबाट सिक्नु पर्ने बताउनुभयो । कार्यक्रमको संस्थाका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता उपाध्यक्ष विष्णु प्रसाद पन्तको स्वागत तथा सचिव सपना खनालको संचालनमा सम्पन्न भएको थियो ।
त्यस्तै कार्यक्रमको भेलाले संस्थाको अधिवेशनबाट नयाँ कार्यसमिती चयन गरेको छ । जसमा अध्यक्ष विष्णु प्रसाद पन्त,उपाधयक्ष सपना खनाल,सचिवमा पुष्पा रायमाझी,कोषाध्यक्ष अञ्जु श्रेष्ठ,सहसचिव उषा प्रधान,सदस्य जीवन बुढाथोकी,लक्ष्मण कुँवर,राजिव श्रेष्ठ र किरण कुमार केसी निर्वाचित हुनुभएको छ । त्यस्तै लेखा समिती संयोजकमा रमेश कुमार श्रेष्ठ, सदस्य सुलोचना श्रेष्ठ र राजु रिसाल चयन हुनुभएको भएको छ ।
संस्थाका नव निर्वाचित अध्यक्ष विष्णु प्रसाद पन्तले आगामी दिनमा संस्थालाई अझै सक्रिय बनाउनका लागि सबैको साथ सहयोगको खाँचो रहेको बताउनुभयो ।



लेखकको सम्वन्धमा