ढुंगा खस्न थालेपछि नारायणगढ–मुग्लिन सडक बन्यो अवरूद्ध
Read Time:1 Minute, 19 Second
काठमाडौँ । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुइन खोलानजिक पुनः ढुंगा खस्न थालेका छन् । शुक्रबार बिहानैदेखि लगातार ढुंगा खस्दा दुवै तर्फको सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको भरतपुर सडक डिभिजनले जनाएको छ ।
सडक डिभिजनका अनुसार अहिले पनि ढुंगा खसिरहेकाले पहिरो पन्छाउने कार्य सुरु गर्न नसकिएको हो। ढुंगा खस्ने क्रम रोकिएपछि मात्र मेशिनको प्रयोग गरी सडक खुलाउने तयारी गरिएको डिभिजनले जनाएको छ ।
सडक सुपरभाइजर ईश्वर क्षेत्रीले सार्वजनिक सूचना जारी गर्दै भनेका छन्, “ढुंगा खस्ने क्रम रोकिएपछि मेशिनमार्फत हटाउने कार्य सुरु गरिनेछ। वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम रहेकाले सडकको अवस्था बुझी मात्रै सावधानीपूर्वक यात्रा गर्न सबैलाई अनुरोध गर्दछौँ ।”
उक्त सडक खण्ड वर्षायाममा बारम्बार पहिरो र ढुंगा खस्ने कारणले जोखिमयुक्त मानिँदै आएको छ ।



लेखकको सम्वन्धमा