ढुंगा खस्न थालेपछि नारायणगढ–मुग्लिन सडक बन्यो अवरूद्ध
- सत्यदीप सन्देश संवाददाता
- कार्तिक १४, २०८२
- 272 Shares
Read Time:1 Minute, 19 Second
काठमाडौँ । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुइन खोलानजिक पुनः ढुंगा खस्न थालेका छन् । शुक्रबार बिहानैदेखि लगातार ढुंगा खस्दा दुवै तर्फको सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको भरतपुर सडक डिभिजनले जनाएको छ ।
सडक डिभिजनका अनुसार अहिले पनि ढुंगा खसिरहेकाले पहिरो पन्छाउने कार्य सुरु गर्न नसकिएको हो। ढुंगा खस्ने क्रम रोकिएपछि मात्र मेशिनको प्रयोग गरी सडक खुलाउने तयारी गरिएको डिभिजनले जनाएको छ ।
सडक सुपरभाइजर ईश्वर क्षेत्रीले सार्वजनिक सूचना जारी गर्दै भनेका छन्, “ढुंगा खस्ने क्रम रोकिएपछि मेशिनमार्फत हटाउने कार्य सुरु गरिनेछ। वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम रहेकाले सडकको अवस्था बुझी मात्रै सावधानीपूर्वक यात्रा गर्न सबैलाई अनुरोध गर्दछौँ ।”
उक्त सडक खण्ड वर्षायाममा बारम्बार पहिरो र ढुंगा खस्ने कारणले जोखिमयुक्त मानिँदै आएको छ ।
प्रतिकृया दिनुहोस्
- नेपाली कांग्रेसका ६३ जिल्लामा वडा अधिवेशन सकियो, अरू जिल्लामा जारी
- उमेर हद र दुई कार्यकालको प्रस्ताव ओलीद्वारा अस्वीकार, एमाले सचिवालयमा चर्काचर्की
- पारदर्शी साकोसको छैठौँ अधिवेशन सम्पन्न, किरण गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : दोस्रो दिन ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सकियो
- सामागाउँका युवा आमरण अनसनमा, प्रदेश सरकारले वार्तामा बोलायो
- नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु
- पाल्पामा दुर्घटना अपडेट : एक जनाको मृत्यु, ५ जना घाइते
- रास्वपाको सचिवालय बैठक : सरकारलाई झन् शक्तिशाली बनाएर अघि बढ्ने निष्कर्ष
- भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव फेला
- पोखरा–१३ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सभापतिमा रवि बराल सर्वसम्मत
-
फेरिँदै गएको तीज: संस्कृति कि भड्किलो प्रदर्शन ?
भदौ २८, २०८३

लेखकको सम्वन्धमा