पारदर्शी सहकारीको १५ औं वार्षिक साधारण सभा
- kuldeep sharma
- मंसिर १५, २०८१
- 521 Shares
बुटवल । बुटवल-१० कालिकानगर अवस्थित पारदर्शी बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिबार द दरवार लन पार्टी प्यालेस एण्ड रेस्टुरेन्ट योगोकुटी मा सम्पन्न कार्यक्रममा एकताबद्व सहकारीलाई जोड दिदै दिगो ब्यवस्थापन समयको मुल्याङकन सहित परिणाम देखाउन सदस्यहरुको सकृयता बढाउने गरी संस्थालाई अगाडी बढाउनका लागी साधारणसभा केन्द्रीत गरीएको थियो ।
सभारणसभा उद्घाटन गर्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक लुम्बिनी प्रदेश प्रमुख नारायण बेल्वासेले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानप्रति राष्ट्रिय सहकारी बैंक ले डटेल लागेको बताउनुभयो ।
केही अप्ठ्यारा परिस्थितिकाबीच सहकारी संस्थाहरु सञ्चालन भइरहेको बताउँदै बेल्वासेले पछिल्लो समयमा देखिएका केही घटनाले समस्या उत्पन्न भएको र त्यसलाई समाधान गर्न राष्ट्रिय सहकारी बैंकले सहजिकरण गरिरहेको बताउनुभयो । केही खराब व्यक्तिका कारण सहकारी क्षेत्रमा समस्या देखिएको समेत उहाले बताउनुभयो । सहकारीको सहकार्यकालागी हाम्रो हो भन्ने भावनाको विकाससँगै सबै सदस्यको साथ सहयोग हुनपर्ने उहाँले बताउनुभयो ।
संस्थाका का.बा.अध्यक्ष मान बहादुर थापाले संचालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८०/८१ को कुल कारोबार ८ करोड १० लाख ७२ हजार २ सय ८४ रहेको बताउनुभयो । संस्थामा आवद्व शेयर सदस्यहरुको व्यवसायी सुरुवात सहकार्यमा प्रतिवद्व गराई आर्थिक जिवनस्तर उकास्नु लक्ष्य रहेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष मिना कुमारी कार्की ,सल्लाहकार गोविन्द भट्टराई लगायत शेयर सदस्यले आ–आफ्नो धाराणा राखेका थिए ।
संस्थामा उत्कृष्ट कारोबार, बचत कर्जा नियमित, ज्येष्ठ सदस्य, उत्कृष्टता हासिल गरेका छोराछोरीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाका सचिव युवराज न्यौपाने बाट प्रस्तुत संस्थागत एवं प्रस्तावित प्रतिवेदन, कोषाध्यक्ष रमेश कुमार भण्डारीबाट प्रस्तुत आर्थिक, लेखा परीक्षण प्रतिवेदन लेखा संयोजक किरण गौतमबाट प्रस्तुत गर्नुभएको थियो ।
सहकारी ऐन नियमअनुसार संस्थागत रही पारदर्शी सहकारी विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रममा समेत उत्तिकै सक्रिय छ ।

- पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय
- रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
- बेपत्ताको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन
- रसुवा क्षेत्रमा ३८४ पर्यटक सम्पर्कविहीन
- पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
- संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिवाट मानार्थ महारथीको दर्ज्यानी प्रदान
- मन्त्री र उच्च जनप्रतिनिधि आफ्नै क्षेत्रको सास्तीमा बेखबर: विजयपुर खोला र जीर्ण सडकको चपेटामा ढाँडबेसीबासी
- मधेश केन्द्रीत ७ दलहरुको अगुवाईमा ‘अग्रगामी मोर्चा’ को घोषणा, जनार्दन शर्माको प्रलोपा सामेल
- बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै
-
रसुवा क्षेत्रमा ३८४ पर्यटक सम्पर्कविहीन
भदौ १०, २०८३ -
रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
भदौ १०, २०८३

प्रतिकृया दिनुहोस्