चर्चामा

सानिमा रिलायन्स लाइफको ‘स्टार एजेन्सी मिट २०८२’बुटवलमा सम्पन्न

सानिमा रिलायन्स लाइफको ‘स्टार एजेन्सी मिट २०८२’बुटवलमा सम्पन्न
1 0
Read Time:4 Minute, 1 Second

बुटवल । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले आव २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरूलाई पुरस्कृत गर्नुका साथै प्रदेशस्तरिय प्रोत्साहनको कार्यक्रम स्टार एजेन्सी मिट २०८२ लुम्बिनी प्रदेशको बुटवलमा सम्पन्न गरेको छ ।

शनिवार बुटवलको होटल द फ्ल्यमीङ्गो मा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश अभिकर्ताहरुमध्ये प्रथम बीमाशुल्क संकलन, बीमालेख संख्या र टिम ब्यबसाय विधामा उत्कृष्ट ३ भित्र पर्न सफल स्टार एजेन्सीहरूलाई विशेष सम्मान गरिएको हो ।

लुम्बिनी प्रदेशको बुटवलमा आयोजित कार्यक्रममा उल्लेखनीय सहभागिता देखिएको थियो । कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, प्रमुख व्यवसाय अधिकृत सन्दीप कसजु,चिफ बिजिनेस अफिसर सूर्य प्रकाश गुप्ता,लुम्बिनी प्रदेश प्रमुख इन्द्रबहादुर बिक, नारायणगढ क्षेत्रका क्षेत्रीय प्रबन्धक मदन गाहा, एरिया म्यानेजर र शाखा प्रमुखसहित २०० भन्दा बढी सहभागीहरू उपस्थित रहेका थिए ।

बुटवलमा आयोजित कार्यक्रममा ट्रेनर भारतको लखनउ बाट आएका चिरपरिचित अन्तर्राष्ट्रिय प्रशिक्षक सयद अब्जल अहमदले जीवन बीमा बजारीकरणका लागि चाहिने आवश्यक सीपका बारेमा प्रकाश पारेका थिए । मानिसको जीवनमा जीवन बीमा एक आधारभूत आवश्यकता भए पनि मानिसले यसको महत्त्व नबुझेका कारण बीमालाई बजारीकरण गर्न गाह्रो भएको र यस अवस्थामा अभिकर्ताहरूले बीमाको महत्त्वमाथि प्रकाश पार्न सके बीमा बजारमा धेरै नै सम्भावना रहेको हुँदा चुनौतीलाई अवसरमा परिणत गर्दै अगाडि बढ्न उनलेे उत्प्रेरणा प्रदान गरे ।

उनले ग्राहकसँग प्रभावकारी संवाद, बिक्री कलाको सुधार र दीर्घकालीन व्यवसायिक सम्बन्ध निर्माणका उपायहरूका विषयमा प्रशिक्षण सञ्चालन गरेका थिए ।

कार्यक्रममा प्रमुख व्यवसाय अधिकृत सन्दीप कसजुले सानिमा रिलायन्सको सफलतामा एजेन्सी मेनेजरहरूको हात महत्वपूर्ण रहेको बताए । यस कम्पनीले बीमा अभिकर्ताहरूलाई आफ्नो मेरुदण्ड मानेको र उनीहरूको ज्ञान सीपलाई निखार्नका निम्ति यस किसिमको कार्यक्रम फलदायी हुने कुरामा आफू विश्वस्त रहेको बताए । आगामी दिनमा पनि यस किसिमको उपलब्धिमूलक र लर्निङ कर्भलाई थप सवल र सशक्त बनाउन कम्पनी आतुर रहेको समेत उनले बताए ।

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले जीवन बीमा ब्यबसायमा बीमा सल्लाहकारहरुको महत्व र अपरिहार्यता माथि प्रकाश पार्दै कार्यक्रमबाट सिकेका कुराहरुलाई व्यवहारमा उतारेर यस वर्ष कम्पनिलाई अझै नयाँ उचाईमा पुराउनु पर्ने बताएका थिए । उनले गत आर्थिक वर्षमा सानिमा रिलायन्सले ७ सय करोड रुपैयाँभन्दा बढीको व्यापार संकलन गरेको जानकारी दिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %