चर्चामा

लुम्बिनी निर्माण व्यवसायी संघले १७औं निर्माण दिवस सामाजिक कार्यक्रम गरी मनायो

लुम्बिनी निर्माण व्यवसायी संघले १७औं निर्माण दिवस सामाजिक कार्यक्रम गरी मनायो
0 0
Read Time:4 Minute, 36 Second

बुटवल। लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीले १७औं राष्ट्रिय निर्माण दिवसको अवसरमा तीन दिने कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । संघले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विविध सामाजिक गतिविधि सञ्चालन गरेको थियो ।

कार्यक्रमको पहिलो दिन संघको कार्यालय परिसरमा दीप प्रज्वलन गरी दिवसको औपचारिक सुरुवात गरेको थियो ।दोस्रो दिन, संघले मानव कल्याणको प्रतीकस्वरूप अबिनाश अनाथ आश्रममा १९ जना बालबालिका र कार्यरत सहयोगीहरूलाई न्यानो कपडा र खाद्यान्न वितरण गऱ्यो र तेस्रो दिन तथा अन्तिम दिन, रक्तदान जिवन दान भन्ने उद्धश्यले रक्तदान कार्यक्रमको आयोजना गर्दै समाजसेवाको अर्को उदाहरण प्रस्तुत गरेको थियो । उक्त रक्तदानमा ४० यूनिट रगत संकलन भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले निर्माण व्यवसायीहरू समाजको मेरुदण्ड भएको भन्दै उनीहरूको योगदानको प्रशंसा गर्दै उनले भने, “निर्माण व्यवसायीहरू मात्र भवन र संरचना निर्माण गर्ने होइनन्, सामाजिक एकता र विकासको आधारशिला पनि निर्माण गर्छन्। तपाईंहरूको योगदानले समुदायमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ। यस्तो कार्यक्रमले समाज सेवा र परोपकारको भावना बलियो बनाउँछ।” घिमिरेले भने यता निर्माण सामाग्रीको बढ्दो दररेटले व्यवसायी मारमा परेको प्रति अपत्ति व्यक्त गर्दै त्यस्ता व्यापारीलाई कानुनको दायरामा ल्याउनु पर्ने बताए ।

संघकी अध्यक्ष मञ्जु भुसालले संस्थाले हरेक वर्ष निर्माण दिवसलाई समाज सेवाको माध्यमबाट मनाउँदै आएको बताइन्। उनले भनिन्, “हाम्रो उद्देश्य निर्माण क्षेत्रमा मात्र सीमित नराखी समाजलाई सेवा दिनु पनि हो। यसपटक अनाथ बालबालिकाका लागि कपडा र खाद्यान्न वितरण तथा रक्तदान कार्यक्रमले संघको दायित्वप्रतिको प्रतिबद्धता झल्काउँछ।” अध्यक्ष भुसालले निर्माण व्यवसायीहरु सामाजिक कार्यमा पनि अग्रसर हनुपर्ने सन्देश रुपन्देही शाखाले दिएको भन्दै अन्य जिल्लाहरु र प्रदेशहरुले पनि यस्ता खलका सामाजिक कार्यमा निर्माण व्यवासयी जोडिनु पर्ने धारण व्यक्त गरिन ।

संघका सल्लाहकार जमिन कक्षपतिले कार्यक्रममा बोल्दै निर्माण व्यवसायीहरूले समाज र राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। उनले भने, “हामी व्यवसायीहरूले व्यवसायसँगै सामाजिक जिम्मेवारी पनि बिर्सनु हुँदैन। यस्ता कार्यक्रमले हामी सबैलाई एकता र सहयोगको भावना प्रदान गर्छ।” रक्तदान जस्तो महत्त्वपूर्ण सेवा र अनाथ आश्रमका बालबालिकाका लागि गरिएको सहयोगले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नेछ उनले भने ।

तीन दिने कार्यक्रममा स्थानीय व्यवसायी, संघका पदाधिकारी , सल्लाहाकार ,सदस्यहरू, र विभिन्न सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रमको सफलतामा सहभागी सबैलाई धन्यवाद दिँदै आगामी दिनमा संघले सामाजिक सेवाका क्षेत्रमा अझ ठूला कदम चाल्ने योजना बनाएको छ, जसमा समुदायको प्रत्यक्ष सहभागिता रहनेछ।” संघका महासचिव प्रितम रौनियले बताए ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %