चर्चामा

अस्मिताको युके अनुभव: हतारको ५ महिना (तस्वीरहरु सहित)

अस्मिताको युके अनुभव: हतारको ५ महिना (तस्वीरहरु सहित)
5 0
Read Time:10 Minute, 9 Second

मोडलिङ क्षेत्रमा चर्चित नाम हरुमध्ये एक हो अस्मिता राना । हालै उनी युके भ्रमणबाट नेपाल फर्केकी छिन् । युकेमा रहँदा उनले करिब सात दर्जन कार्यक्रमहरूमा आफ्नो प्रस्तुति राखेकी थिइन् । करिब पाँच महिना पहिले मोडल तथा नृत्यांगना अस्मिता राना सांगीतिक कार्यक्रमको लागि नेपालबाट जुन २० तारिख कतार हुँदै २१ तारिखमा हिथ्रो एयरपोर्ट लन्डनमा अवतरण भएकी थिइन उनी जुन २२ तारिख मै फार्नबरो भएको तनहुँ समाज युके साथै फेल्थममा भएको खोटाङ समाज युकेको गरी दुई कार्यक्रममा आफ्नो प्रस्तुति दिइन् । २३ तारिख ठमेल दोहोरी एल्डरशट मा मिट एन्ड ग्रिट् कार्यक्रममा आफ्नो प्रस्तुति दिएकी थिइन भने २९ तारिख मा मगरसंघ युके क्याटरिक शाखाको कार्यक्रममा प्रस्तुति दिन राना क्याटरिक पुगेकी थिइन् ।

जुलाई ६ तारिख मोड्रनमा भएको साउथ लन्डन नेप्लीज गोर्खा एसोसिएसन , क्याम्बरले स्थित २/८८ इन्टेकको वार्षिक भेटघाट कार्यक्रम र मोना भलिबल कार्यक्रम गरी एकैदीन ३ ओटा कार्यकम मार्फत आफ्नो कला प्रस्तुती गरेकी थिइन । ७ तारिख एल्डरशट स्थित एम्पायर हलमा पर्वत वेलफेयर सोसाइटी युके, १३ तारिख ह्यारो स्थित सोपाल समाज युके, १९ तारिख तीर्थओड स्थित हिमालयन ओएसिस लाइभ पर्फमेन्स, २० तारिख ब्रेकन स्थित मगरसंघ युके ब्रान्स वेल्स, २१ तारिख म्यान्चेस्टरमा भएको एसिया मेलामा आफ्नो प्रस्तुति दिएकी थिइन् । २७ तारिख फ्लीट स्थित पँयू खोला मगरसंघ युके र फर्नबरो स्थित राङभाङ समाज युके गरी २ वटा कार्यक्रममा आफ्नो प्रस्तुति राखेकी थिइन् । २८ तारिख ह्यारो स्थित चितवन एड ट्रस्ट युकेको कार्यक्रममा आफ्नो प्रस्तुति दिएकी थिइन् भने २९ तारिख तीजको गीतमा सुटिङमा‌ समेत उनले काम गरेकी थिइन ।

अगस्ट ३ तारिख स्यान्डहर्स्ट स्थित कोल्मा बहाकोट समाज युके र बेसिङस्टोक स्थित भेरी समाज युके गरि २ ठाउँमा आफ्नो प्रस्तुति दिएकी थिइन् । ४ तारिख फेल्टम स्थित गुल्मी समाज युके आफ्नो प्रस्तुति दिएकी थिइन्।१० तारिख क्याम्बरले स्थित केशवटार समाज यूके र १९९६इन्टेकको वार्षिक भेटघाट गरी दूई ओटा कार्यक्रम मा आफ्नो प्रस्तुति राखेकी थिइन् । १६ तारिखमा अनुग्रह ज्वेलर्सले रानालाई सम्मान कार्यक्रम राखेको थियो सोही दिन इन्टेक १५(G२००)को वार्षिक भेलामा पनि आफ्नो प्रस्तुति राखेकी थिइन्। १७तारीख एल्डरशट स्थित थकाली घरमा २/७२ वार्षिक भेटघाट र क्याम्बरले स्थित फ्रिम्ले हलमा १९८३ वार्षिक भेटघाट गरी दुईवटा कार्यक्रममा आफ्नो प्रस्तुति दिएकी थिइन्।२४ तारीख़ स्यान्डहर्स्ट स्थित कालीगण्डकी सेरोफेरो समाज युके ,फनबरो स्थित किहु सेरोफेरो समाज युके र एल्डरशट स्थित द पार्टी प्यालेस मा १/१९८७ नम्बरि इन्टेक वार्षिक भेटघाट गरी एकैदीन ३ ओटा कार्यक्रम आफ्नो प्रस्तुति दिइन् । अगस्टभरि नै व्यस्त रहेकी उनले २५ तारिख १५औं नेपाली मेलामा जजको रुपमा भूमिका निभाइन् ।  त्यस्तै २७ तारिख साहारा समाज युकेको सम्मान साथै कार्यक्रम अल्टरसर्टमा पनि आफ्नो प्रस्तुति राखीन त्यस्तै २८ तारिख ठमेल दोहोरी अल्टरसर्टमा सांगीतिक कार्यक्रममा प्रस्तुति दिएकी उनले महिनाको अन्तिम दिन, ३१ तारिख साउथ लन्डन नेपाली गोर्खा तीज कार्यक्रम मोडर्नमा आफ्नो प्रस्तुति दिइन् ।

सेप्टेम्बर १ तारिख गोर्खा भिल्ला एस्फोर्ड्मा, ५ तारिख सीएनसी युके तीज प्रोग्राम क्रोइडन ,६ तारीख दुई ओटा अल्टरसर्ट स्थित चेलीबेटी भेटघाट कार्यकम ,७ तारिख बन्दीपुर छिम्केशोरी समाजको फर्नबरो कार्यक्रम, ८ तारिखको प्लमस्टेड को तीज कार्यक्रम तथा प्लमस्टेड गाईजात्रा गरी दुई ओटा कार्यक्रम पनि सहभागी भइन्। १४ तारीखमा १९/७९ इन्न्टेक र मिट एन्ड ग्रिट् अल्टरसर्टमा दुईओटा कार्यक्रम सहभागी भएकी उनी २० तारिख गोर्खा क्याप्रिकम प्लमस्टेटमा, २१ तारिख मगरसघ महिला युकेको रिडिग , १/१९८१ इन्टेक को एम्पायर हल अल्टरसर्ट गरी दुईवटा कार्यक्रममा आफ्नो प्रस्तुति राखेकी थिइन् ।२८ तारिख केन्टबरी नेपाली समाज युकेको कार्यक्रममा,२९ तारिख ४५औ नम्बरी भेटघाट कार्यक्रम अल्टरसर्टमा आफ्नो प्रस्तुति दिएकी थिइन् ।

अक्टोबर ४ तारिख सिएनसी युके दशैँ प्रोग्राम क्र्वेडनमा, ५ तारिख एमपिजिएस स्यान्डहर्स्ट क्याम्पमा,६ तारिख फ्लीट कम्युनिटी दशैं प्रोग्राम प्लिटमा,११ तारीख दुईओटा स्यान्डहर्स्ट,क्याम्बरले र एम्पाएर हल गरी कालरात्री एकैदीन चारओटा दशैं कार्यक्रममा पनि‌ सहभागी भइन । १२ तारीख युकेमा आफन्त तथा परिवारको आशीर्वाद लिँदै अविस्मरणीय तरिकाले दशैं मनाइन् ।१३ तारिख स्याङ्जा समाज युके को तिहारको प्रोग्राम ह्यारो ,१४ तारिख नेपाल एसोसिएसन स्कटल्यान्डको र हिमालयन सेन्टर स्कटल्यान्ड एडिनबर्ग पुगेर आफ्नो प्रस्तुति दिएकी थिइन् । १९ तारिख एसफोर्डमा केन्ट मगर महिला कम्युनिटीको देउसीभैलो प्रोग्राममा सहभागी भएर डोभर कम्युनिटी डोभरमा दुई ओटा प्रोग्राम पनि सहभागी भइन् । २२ तारीख फोल्कस्टोन नेप्लीज कम्युनिटी केन्ट युकेको कार्यक्रम ,२५ तारीखको कालरात्री दशैं तिहार प्रोग्राम स्यान्डहर्स्ट एम्पाएर र क्याम्बरलेमा गरी तिनओटा कार्यक्रममा आफ्नो प्रस्तुति दिईन ।२६ तारीख १९७६ नम्बरी वार्षिक भेटघाट नर्थहोल्ट्मा, गोरखा कप कम्युनिटी अल्टरसर्टमा र पूर्व गोर्खा नेपाली सङ्ग गरी तिन ओटा कार्यक्रममा सहभागी भईन् । २७तारिख ठमेल दोहोरीमा भएको कोल्माबहाकोट तिहार कार्यक्रम र प्लमस्टेटमा भएको ग्रिनबीच भलिबल परिवार युकेको दुईओटा कार्यक्रममा सहभागी भइन् । २८ तारिख क्र्वेडनमा सियसी तिहार कार्यक्रम, ३० तारिख द गोर्खा रेस्टुरेन्ट क्र्वेडनको कार्यक्रममा प्रस्तुति पनि दिइन् ।

नोभेम्बर १ तारीखमा एसफोर्डमा सगरमाथा गोरखा नेप्लीज कम्युनिटी को कार्यक्रम ,२ तारीख नेपाली कलाकार प्रस्तोता समाजको कार्यक्रम मा सहभागी भएकी उनलाई औपचारिक रूपमा ८ तारिख कोल्माबहाकोट समाज युकेको व्यवस्थापनमा भव्य र सभ्य रुपमा रानालाई बिदाई गरिएको थियो । नेपाल फर्कनु अघि उनले थप ९ तारिख आँधीखोला सेरोफेरो तमू समाज युके, लोहो समाज युकेको र नोभेम्बर १६ मा मिट एन्ड ग्रिट् कार्यक्रम मा सहभागी भएर छ दर्शन भन्दा बढी कार्यक्रममा आफ्नो प्रस्तुति राखी युकेबासी सम्पूर्णको मन जितेर नोभेम्बर १८ मा कतार हुँदै नेपाल फर्किइन् ।

युकेमा रहँदा, बस्दा उनले नेपाली समुदायको नेपाली कला, भाषा, संस्कृति प्रतिको मोहलाई नजिकबाट हेर्ने अवसर पाएको बताउने उनी विदेशी भूमिमा व्यस्त समयको बाबजुद पनि नेपाली संस्कृति तथा गीत संगीतलाई जीवन्त राखेकोमा खुसी लागेको बताउँछिन् । नेपाल फर्केपछि उनले यही क्षेत्रमा अझ सशक्त भएर लाग्ने योजना भएको बताइन् ।

तस्वीरहरु :-

Happy
Happy
83 %
Sad
Sad
0 %
Excited
Excited
17 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %