राष्ट्रसेवक सच्चा सेवक बने मानवअधिकारको संरक्षण पक्का प्रदेश प्रमुख घर्ती
बुटवल । लुम्बिनी प्रदेश प्रमुख कृष्ण बहादुर घर्ती मगरले राष्ट्रसेवक सच्चा सेवक बने मात्र मानवअधिकारको संरक्षण पक्का हुने बताउनुभएको छ ।
राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवल, इन्सेक रुपन्देही, शान्तिका लागि साझा अभियान कोक्याप, मानवअधिकार तथा शान्ति समाज, सिर्जनशिल समाज नेपाल, उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेश, एडभोकेशी फोरम रुपन्देही, गैरसरकारी संस्था महासंघ रुपन्देही र शिक्षाका लागि राष्ट्रिय अभियान, ,साहसी कदम नेपाल, सेतो गुराँस बालविकास सेवा, महिला अधिकारको लागि एकल महिला, एक्लोलाई सहारा दिने वृक्ष लगायतका २७ ओटा संघ संस्थाहरुको संयूक्त आयोजनामा मङ्सिर २५ गते बुटवलमा भएको ७६ औं अन्तराष्ट्रिय मानवअधिकार दिवशको अवसरमा बृह्त शान्ति र्यालीको आयोजना गरिएको थियो ।
र्याली बुटवलको राजमार्ग चौराहाबाट व्याण्ड बाजा र विभिन्न प्लेकार्ड सहित मिलनचोक नयाँ बसपार्क, भुडकी चोक हुँदै होटल मेरी गोल्डमा गई अन्तरसंवाद कार्यक्रममा परिणत भएको थियो । सो कार्यक्रममाम प्रदेश प्रमुखले सो कुरा बताउनुभएको हो ।
प्रदेश प्रमुखले लामो समयदेखि जनताको वलिदानबाट सदियौंदेखि शासन गरेका पञ्चे र पञ्चयती शासन व्यवस्था फालेर प्राप्त भएका गणतन्त्रात्मक शासन व्यवस्थालाई जनताले अनुभूति गर्ने गरि काम गर्न नसक्दा मानवअधिकार संरक्षण र प्रदद्र्धन हुन नसकेको भन्दै मानवअधिकारवादीहरुले विभाजित हुँदै गएको विषयमा चिन्ता व्यक्त गर्दे मानवअधिकारको नाममा शहरवादी, डलरवादी, वेइमानी र विवाद रहित नहुन आग्रह गर्नुभयो ।
संचार क्षेत्र सबैभन्दा पक्षपाती र वेइमानी भएको आफुले भोग्दै आएको बताउँदै मानवअधिकारकर्मीहरुले सधै महिला, दलित, अपांगता भएका व्यक्तिहरु, सीमान्तकृत समुदायहरुका आवाजलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बुटवल उपमहा नपाका नगरप्रमुख खेलराज पाण्डेले मानवअधिकारको संरक्षण,प्रवद्र्धनका लागि संवेदनशिल रुपमा अगाडी बढेको बताउनुभयो । नगरप्रमुख पाण्डेले बुटवल नगरवासीको आधारभूत आवश्यकताको पहिचान गरि लक्षित वर्गमैत्री नीति, योजना, कार्यक्रमहरुलाई जसको सवाल उसको नेतृत्वको रुपमा स्थापित गर्न लागि परेको र मानवअधिकारकर्मीहरुले बुटवल उपमहानगरपालिकाले मानवअधिकारको क्षेत्रमा भएका कमी कमजोरीहरु औल्याएर पालिकालाई सुझाव दिए यहाँहरुको सुझाव अनुसार अगाडी बढने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख हरि प्रसाद ज्ञवालीले सबै जनताले मानवअधिकारको प्रत्याभूत गर्ने विषय भएको भन्दै संविधानमा भएको मौलिक हकका विषयहरु कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । प्रमुख ज्ञवालीले लुम्बिनी प्रदेशमा जातिय छुवाछुत र बालविवाहको समस्या बढ्दो रहेकोले आगामी दिनमा समन्वय र सहकार्य गरि ती सवालहरुमा पनि सक्रिय सहकार्य गरि सचेतनाका कार्यक्रमहरु अगाडी बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय सल्लाहकार गोविन्द खनालले हरेक नागरिकले मानवअधिकारको उपभोग गर्न पाउने अधिकारको सुनिश्चिता गर्ने दायित्व राज्यको भएकोले यसका विषयमा संवेदनशिल भई गरिवी वेरोजगारी श्रृजना गरेर नागरिकलाई देश छोडेर बाहिर जानुपर्ने बाध्यता बनाउनु पनि मानवअधिकारको उल्लंघन भएको भन्दै राज्यले मानवअधिकार रक्षकको प्रमुख भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा चेम्बर अफ कमर्शका लुम्बिनी प्रदेश अध्यक्ष टंक पोखरेलले मानवअधिकारको विषयमा संवेदनशिल भएर प्राइभेट क्षेत्रले सामाजिक न्यायमा आर्थिक क्षेत्रलाई सँगसँगै लैजान सके सामाजिक न्याय स्थापित हुने बताउनुभयो । मानवअधिकारको सवालमा खस्केको मनोवललाई बढाउने रोजगारी र क्षमता बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेश अध्यक्ष तेज कुमार पाठकले उपभोक्ता अधिकारहरु गुणस्तर, मुल्य र परिणाममा ठगिएको बताउदै यस्ता विषयमा सबै उपभोक्ताहरुलाई सचेत गराउने कार्यक्रमहरु र राज्यलाई जवाफदेहि बनाउने अभियानहरु अगाडी बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा अधिवक्ता हेमा न्यौपानेले मानवअधिकारको संरक्षण गर्ने दायित्व राज्यको भएकोले सो विषयमा राज्य हरेक निकायहरु संवेदनशिल हुनुपर्ने र नागरिकहरुले पनि कर्तव्य पालन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईले मानवअधिकार र संचारलाई कसरी मैत्रीपूण बनाउन सकिन्छ भन्ने विषयमा पनि अवको बहस चलाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा शान्ति समाजका केन्द्रिय सदस्य डिवी खनालले बढदो युवा पलायन र सैन्य प्रयोजनमा दुरुपयोग विषयमा अवधारणा पत्र प्रस्तुतत गर्नुभएको थियो भने राष्टिय अपांग महिला संघका जिल्ला अध्यक्ष कल्पना ढकालले मानवअधिकारको विषयमा आधारपत्र प्रस्तुत गर्नुगएको थियो ।
कार्यक्रम मानवअधिकार तथा शान्ति समाजका अध्यक्ष अर्जुन ज्ञवालीको अध्यक्षता राष्टिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशका प्रमुख हरि प्रसाद ज्ञवालीको स्वागत तथा इन्सेक प्रतिनिधि रीमा बि.सीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा राष्टिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशका प्रमुख हरि प्रसाद ज्ञवालीको अध्यक्षता उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेज कुमार पाठकको स्वागत तथा इन्सेक प्रतिनिधि रीमा बि.सीको संचालनमा कार्यक्रममा कार्यक्रम सम्पन्न भएको थियो ।
लेखकको सम्वन्धमा