८ मार्की खेलाडी आबद्ध भएको टोली छनोट, मार्की खेलाडीले जनही २० लाख पाउने
- सत्यदीप सन्देश संवाददाता
- भदौ २९, २०८१
- 346 Shares
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको टी(२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) का आठ टोलीमा आबद्ध भएका मार्की खेलाडी घोषणा गरिएको छ ।
यसअघि क्यानले कप्तान रोहितकुमार पौडेलसहित दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, आसिफ शेख, कुशल मल्ल र कुशल भुर्तेललाई मार्की खेलाडीको रूपमा घोषणा गरेको थियो।
आज काठमाडौंमा गोलाप्रथामार्फत् खेलाडी आबद्ध भएको टोली घोषणा भएको हो। मार्की खेलाडीले पारिश्रमिक २० लाख रुपैयाँ पाउने बताइएको छ।
रोहित पौडेल – लुम्बिनी
दिपेन्द्रसिंह ऐरी – सुदूरपश्चिम
कुशल भुर्तेल – पोखरा
सोमपाल कामी – कर्णाली
करण केसी – काठमाडौं
सन्दीप लामिछाने – विराटनगर
आसिफ शेख – जनकपुर
कुशल मल्ल – चितवन
एनपिएलमा विराटनगर, जनकपुर, काठमाडौं, चितवन, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमले भाग लिँदैछन् ।
एनपिएल आगामी मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ। क्यानको महत्वाकांक्षी परियोजना एनपिएल आफैले पहिलो पटक आयोजना गर्न लागेको हो ।
क्यानले लिगको टोली र मार्की खेलाडी घोषणा गरेसँगै अब खेलाडी आबद्ध गर्न अक्सन गर्नेछ ।
प्रतिकृया दिनुहोस्
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट झन्डै ४४ हजार युवा नेतृत्वमा, १ लाखले दिए उम्मेदवारी
- बागलुङ बाढीपहिरो : मृतकको संख्या १२ पुग्यो, अझै एक जना बेपत्ता
- सरकारको काम केटाकेटी खेलेजस्तो र लुकिछिपी गरेजस्तो देखियो : सांसद ध्रुवराज राई
- मनसुनजन्य विपदमा परी सबैभन्दा बढी मानवीय क्षति गण्डकीमा
- नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
- मनाङको हिमलुङमा हिमपहिरो, १० जना बेपत्ता
- बागलुङको निसीखोलामा पहिरो, एकै घरका ४ जनाको मृत्यु
- पाल्पाको माथागढी र रिब्दीकोटमा पहिरोले २ जनाको मृत्यु, ३ बेपत्ता
- बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो, तीन घरमा क्षति
- संयुक्त राष्ट्रसंघ महासभामा सहभागी भई प्रधानमन्त्री शाह स्वदेश फिर्ता
-
नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
अशोज ११, २०८३ -
कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित
अशोज ८, २०८३


लेखकको सम्वन्धमा