चर्चामा

मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना : तीन जनाको मृत्यु, सात जना घाइते

मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना : तीन जनाको मृत्यु, सात जना घाइते
0 0
Read Time:1 Minute, 8 Second

हेटौंडा । मकवानपुरको भीमफेदीमा सुमो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना।१ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट अनियन्त्रित भई राप्ती खोलामा खसेर दुर्घटनाग्रस्त भएको हो।

सुमोमा चालकसहित १० जना सवार थिए। दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका सातै जनाको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको छ । मृतकको शवसमेत अस्पताल पुर्‍याइएको जनाइएको छ ।

यसअघि केहीदिन अघि पनि भिमफेदी नजिकै काठमाडौंबाट सर्लाही जाँदै गरेको माइक्रो दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %