चर्चामा

शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न प्रचण्डको आग्रह

शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न प्रचण्डको आग्रह
0 0
Read Time:3 Minute, 7 Second

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विस्तृत शान्ति सम्झौताका बाँकी कामहरू अविलम्ब पूरा गर्न सरकार, राजनीतिक दल र सरोकारवाला पक्षलाई आग्रह गरेका छन ।

विस्तृत शान्ति सम्झौता भएको दिन (मङ्सिर ५) को अवसरमा आज एक सन्देश जारी गर्दै उनले सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई निष्कर्षमा पु¥याउनु आजको राष्ट्रिय आवश्यकता भएको बताएका हुन ।

२०६३ मङ्सिर ५ गते तत्कालीन नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही नेकपा ९माओवादी०का तर्फबाट अध्यक्षका रूपमा आफूले शान्ति सम्झौतामा हस्ताक्षर गरेको स्मरण गर्दै संयोजक प्रचण्डले उक्त सम्झौता नेपाली जनताको त्याग, बलिदान र सङ्घर्षबाट निर्मित राष्ट्रिय सहमतिको दस्तावेज भएको उल्लेख गरेका छन ।

उनले भनेका छन, “विस्तृत शान्ति सम्झौताकै जगमा संविधानसभाको निर्वाचन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, समावेशी लोकतन्त्र र संविधान निर्माणजस्ता ऐतिहासिक उपलब्धि हासिल भए । तर, सम्झौताका सबै प्रतिबद्धता अझै पूर्ण रूपमा कार्यान्वयन हुन सकेका छैनन् ।”

विशेषगरी द्वन्द्वपीडितलाई न्याय, सत्य निरुपण तथा मेलमिलाप, बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने कार्य र सङ्क्रमणकालीन न्यायका बाँकी काम पूरा गर्ने दायित्व अझै बाँकी उनको भनाइ छ । शान्ति सम्झौताको मर्म द्वन्द्वको अन्त्य मात्र नभई पीडितलाई न्याय, समाजमा मेलमिलाप र सुशासनसहितको समृद्ध राष्ट्र निर्माण गर्नु रहेको उनले स्पष्ट पारेका छन ।

संयोजक प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन आहुति दिने सहिद तथा बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दै शान्ति प्रक्रियामा योगदान पु¥याउने राजनीतिक दल, नागरिक समाज, सुरक्षाकर्मी र आम नागरिकप्रति आभार प्रकट गरेका छन ।

उनले शान्ति सम्झौता राष्ट्रिय प्रतिबद्धता भएकाले यसको पूर्ण कार्यान्वयन गर्नु सबैको साझा जिम्मेवारी भएको सन्देशमा उल्लेख गरेका छन ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %