चर्चामा

प्रधानमन्त्री बालेनसँग आज मोदीको भेटवार्ता, आजै स्वदेश फर्कने

प्रधानमन्त्री बालेनसँग आज मोदीको भेटवार्ता, आजै स्वदेश फर्कने
0 0
Read Time:3 Minute, 49 Second

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका क्रममा नयाँदिल्लीमा रहेका छन् ।

आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहले भ्रमणको दोस्रो दिन सोमबार विभिन्न महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री बनेपछि पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा गरेका शाहले आइतबार भारतीय विदेशमन्त्री एस। जयशंकरसँग भेटवार्ता गरेका थिए । विदेशमन्त्री संगको भेटमा नेपाल–भारत सम्बन्ध तथा व्यापार, पारवहन, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका विषयमा छलफल भएको थियो ।

भ्रमणको दोस्रो दिन प्रधानमन्त्री शाहले नयाँदिल्लीस्थित राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ । त्यसपछि उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा द्विपक्षीय वार्ता गर्नेछन् । प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।

मोदीसँगको वार्तापछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनकोआयोजनागर्ने कार्यक्रम छ । साथै, दुवै प्रधानमन्त्रीले श्रव्यदृश्य माध्यमबाट जनकपुर–अयोध्या रेल सेवाको पनि उद्घाटन गर्ने तयारी रहेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ । त्यसैगरी, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने कार्यसूचीसमेत रहेको छ ।

 

प्रधानमन्त्री शाहसँगै भारत भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी छन् । भ्रमण टोलीमा नेपाली व्यवसायी तथा संचारकर्मीहरू पनि समेटीएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार निजी क्षेत्रका ५२ जना प्रतिनिधि आफ्नै खर्चमा प्रधानमन्त्री शाहसँगै भारत भ्रमणमा गएका हुन् ।

दुईदिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री शाह सोमबार साँझ नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किने कार्यतालिका रहेको छ । उक्त उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ ६:३५ बजे अवतरण गर्ने छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %