सञ्चारमन्त्री जगदीश खरेलले दिए पदबाट राजीनामा, ललितपुर-२ बाट चुनाव लड्ने घोषणा
Read Time:1 Minute, 12 Second
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् ।
प्रतिनिधिसभा निर्वाचनमा लड्ने तयारीका साथ सोमबार खरेलले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन् । खरेलले कुन पार्टीबाट चुनाव लड्ने भने बताएनन् । यद्यपी उनी ललितपुर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा रहेको बताइएको छ ।
निर्वाचन गराउने जिम्मेवारीसहित प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका खरेलमाथि सरकारमा रहेर रास्वपामैत्री भूमिका खेलेको आरोप लाग्दै आएको थियो । सोही विषयलाई ध्यानमा राख्दै प्रधानमन्त्री कार्कीले पनि उनलाई राजीनामाबारे निर्णय लिन सुझाव दिएकी थिइन् ।

लेखकको सम्वन्धमा