चर्चामा

चटक र तमासा देखाएर परिवर्तन हुने होइन, कांग्रेस जिताएपछि देश बन्छ : सभापति थापा

चटक र तमासा देखाएर परिवर्तन हुने होइन, कांग्रेस जिताएपछि देश बन्छ : सभापति थापा
0 0
Read Time:2 Minute, 29 Second

नुवाकोटं । नेपाली कांग्रेसका सभापति गगन थापाले चटक र तमासा देखाएर परिवर्तन नआउने बरु, कांग्रेसलाई जिताएपछि नीतिगत सुधार गरेर मात्र देश बन्ने दाबी गरेका छन् ।

तर, आफ्नो पार्टीले बहुमत पाए जादुगरले झैँ परिवर्तनको आशा नराख्न मतदातालाई आग्रह गर्दै त्यसका लागि धेरै काम गर्नुपर्ने तर्क दिए ।

नुवाकोटको बिदुरमा आइतवार आयोजित पार्टीको चुनावी सभामा उनले विकासका निम्ति नीतिगत समस्या नै बाधक रहेकोले त्यसलाई परिमार्जन र कानुन संशोधन गरेर मात्रै विकासको कामलाई अगाडी बढाइने आश्वासन दिए ।

उनले सडकसहित विकास निर्माणको समस्या कानुनमा रहेको भन्दै त्यसलाई नसच्याएसम्म निर्माण व्यवसायीलाई थुनेर समाधान गर्न नसकिने उपाय उल्लेख गरे । ‘जसले कम मूल्य दाबी गर्छ, उसलाई ठेक्का दिने त्यो कानुन खारेज गर्ने हो र सबैभन्दा उपयुक्त प्रस्तावलाई स्विकृत गर्ने हो, थापाले भने ।

सभापति थापाले सम्पूर्ण राजनीतिक दलहरुसँगको सहकार्यले पाँच वर्षमा मुलुकलाई समृद्ध बनाउन सकिने कुरामा पनि जोड दिए । चुनावमा स्वच्छ प्रतिस्पर्धा गर्नुपर्छ भन्ने अठोटले दलहरुबीच गठबन्धनको अभ्यासलाई अस्वीकार गर्दै अघि बढेको उल्लेख गर्दै उनले कांग्रेस देश सञ्चालन गर्न सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने उद्घोष गरे ।

‘नुवाकोटबाट जगदीश्वर नरसिंह केसी र डा। प्रकाशशरण महतलाई जिताएर पठाउनुस् । हाम्रो पार्टीले बहुमत पाएमा जादुकै भरमा देश विकास गर्छु भन्न आएको छैन । म जादुगर होइन, म कुनै चटक गर्ने मान्छे होइन । यसरी परिवर्तन वा समस्याको हल पनि कसैले गर्न सक्दैन । त्यो नीतिगत सुधारबाट मात्रै सम्भव हुनेछ’, थापाले भने ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %