रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाई हुँदै
- सत्यदीप सन्देश संवाददाता
- चैत्र २, २०८२
- 143 Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणमा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुने भएको छ । हिजो आइतबार ‘हेर्दाहेर्दै’मा राखिएको रिटमा आज पनि सुनुवाइ हुने भएको हो ।
रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दर्ता भएको रिटमा आइतबार सर्वोच्चमा सुनुवाइ भएको थियो । सर्वोच्चका न्यायाधीश शारंगा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासमा मुद्दाको सुनवाइ भएको थियो । सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिने निर्णयपछि कानुनी विवाद उत्पन्न भएको हो ।
महान्यायाधिवक्ता भण्डारीको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र सिन्धुलीका युवराज पौडेल ‘सफल’ले रिट दायर गरेका हुन् ।
गत पुस ३० गते महान्यायाधिवक्ता भण्डारीले लामिछानेमाथि सहकारी ठगीमा मात्र मुद्दा चलाउन सम्बद्ध जिल्ला सरकारी वकिलको कार्यालयलाई पत्रमार्फत निर्देशन दिएकी थिइन् । निर्देशनमा संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधनमार्फत फिर्ता लिन भनिएको थियो ।
प्रतिकृया दिनुहोस्
- प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच २५ मिनेट वार्ता
- तेस्रो प्रयासमा सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, फाइनलमा जर्ज मन्सेको शतक
- भोटेकोशी/त्रिशूली बाढी पीडितलाई सार्वजनिक नभए निजी जग्गा किनेर दिनुपर्छ : गगन थापा
- प्रधानमन्त्री बालेनलाई भेट्न होटल ताज महल पुगे भारतीय विदेशमन्त्री जयशंकर
- प्रधानमन्त्री शाह नयाँदिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
- शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न प्रचण्डको आग्रह
- माध्यमिक तहमा आलोचनात्मक चिन्तन विधि र शिक्षणको महत्व
- मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना : तीन जनाको मृत्यु, सात जना घाइते
- पर्यटकीय राजधानी पोखरामा धुमधामका साथ मनाइयो छठ पर्व
- कास्कीका पर्यटकीय गाउँमा आन्तरिक तथा बाह्य पाहुनाको लर्को, होटल र होमस्टे भरिभराउ
-
माध्यमिक तहमा आलोचनात्मक चिन्तन विधि र शिक्षणको महत्व
मंसिर ६, २०८३ -
पर्यटकीय राजधानी पोखरामा धुमधामका साथ मनाइयो छठ पर्व
मंसिर १, २०८३

लेखकको सम्वन्धमा