चर्चामा

विश्वकपमा सर्वाधिक गोलको कीर्तिमानपछि थप एक गोल हाने मेसीले, अर्जेन्टिना नकआउट चरणमा प्रवेश

विश्वकपमा सर्वाधिक गोलको कीर्तिमानपछि थप एक गोल हाने मेसीले, अर्जेन्टिना नकआउट चरणमा प्रवेश
0 0
Read Time:1 Minute, 24 Second

बुटवल । विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमानसहित लिओनल मेसीले दुई गोल हानेर अस्ट्रियाविरूद्धको खेलमा अर्जेन्टिनालाई ०-२ को जित दिलाएका छन् ।

समूह चरणको खेलमा लगातार दोस्रो जितसँगै अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको छ ।

अस्ट्रियाविरूद्ध सोमबार राति भएको खेलमा मेसीले पहिलो गोल ३८ मिनेटमा गरेका थिए भने दोस्रो गोल खेल सकिनु केही मिनेटअघि थपिएको समयमा गरेका थिए । आजकै खेलमा अर्जेन्टिनाले पाएको पेनाल्टीलाई उनले गोलमा परिणत गर्नबाट भने चुके ।

३८ वर्षको उमेरमा पनि जादुमयी खेल प्रदर्शन गरिरहेका मेसीले आजको दुई गोलसँगै विश्वकप प्रतियोगितामा अहिलेसम्म १८ गोलको कीर्तिमान राखेका छन् ।

उनले यसअघि अल्जेरियाविरूद्धको खेलमा ह्याट्रिक गरेर विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने जर्मनीका दिग्गज खेलाडी मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान बराबरी गरेका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %