रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू
- सत्यदीप सन्देश संवाददाता
- असार १२, २०८३
- 120 Shares
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान सुरु भएको छ । चितवनमा जारी महाधिवेशनअन्तर्गत पदाधिकारीका छनोटका लागि दोस्रो चरणमा निर्वाचन भएको हो ।
रास्वपाको सभापति पदमा रवि लामिछाने र खुला उपसभापतिमा डा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन् ।
अहिले महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि निर्वाचन भइरहेको छ । महिला उपसभापतिमा सोबिता गौतम र डा तोसिमा कार्की प्रतिस्पर्धामा छन् ।
महामन्त्री पदमा मनीष झा, विपिन आचार्य, सागर ढकाल र गणेश कार्की उम्मेदवार छन् । महामन्त्री पदका आकांक्षी कबिन्द्र बुर्लाकोटी, रञ्जु दर्शना, प्रमोद न्यौपाने, गणेश पराजुली, जगदिश खरेल र शिशिर खनाल तथा राजुनाथ पाण्डले विपिन आचार्यलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छन् ।
पदाधिकारी चयनमा सहमतिको प्रयास भए पनि हुन नसकेकाले केही निर्धारित समयभन्दा ढिला मतदान सुरु भएको निर्वाचन आयोगकका प्रमुख भुवन केसीले बताए ।
सहमहामन्त्री पुरुषका लागि असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल, हिमेश पन्त उम्मेदवार रहेका छन् भने महिला सहमहामन्त्रीतर्फ जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन् ।
प्रतिकृया दिनुहोस्
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट झन्डै ४४ हजार युवा नेतृत्वमा, १ लाखले दिए उम्मेदवारी
- बागलुङ बाढीपहिरो : मृतकको संख्या १२ पुग्यो, अझै एक जना बेपत्ता
- सरकारको काम केटाकेटी खेलेजस्तो र लुकिछिपी गरेजस्तो देखियो : सांसद ध्रुवराज राई
- मनसुनजन्य विपदमा परी सबैभन्दा बढी मानवीय क्षति गण्डकीमा
- नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
- मनाङको हिमलुङमा हिमपहिरो, १० जना बेपत्ता
- बागलुङको निसीखोलामा पहिरो, एकै घरका ४ जनाको मृत्यु
- पाल्पाको माथागढी र रिब्दीकोटमा पहिरोले २ जनाको मृत्यु, ३ बेपत्ता
- बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो, तीन घरमा क्षति
- संयुक्त राष्ट्रसंघ महासभामा सहभागी भई प्रधानमन्त्री शाह स्वदेश फिर्ता
-
नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
अशोज ११, २०८३ -
कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित
अशोज ८, २०८३ -
बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो, तीन घरमा क्षति
अशोज ११, २०८३ -
मनाङको हिमलुङमा हिमपहिरो, १० जना बेपत्ता
अशोज ११, २०८३

लेखकको सम्वन्धमा