चर्चामा

टंक प्रसाद गैरेको प्यानलद्वारा उम्मेदवारी घोषणा ,१० बुँदे प्रतिबद्धता सार्वजनिक

टंक प्रसाद गैरेको प्यानलद्वारा उम्मेदवारी घोषणा ,१० बुँदे प्रतिबद्धता सार्वजनिक
0 0
Read Time:4 Minute, 21 Second

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६ औं अधिवेशनका लागि टंक प्रसाद गैरेको नेतृत्वमा परिणाममुखी संयुक्त नेतृत्व, समृद्ध बुटवलको साझा प्रतिबद्धताू नारासहितको संयुक्त प्यानल चुनावी मैदानमा उत्रिएको छ। सम्पूर्ण उद्योगी/व्यवसायीहरूको हित र समृद्धिलाई प्राथमिकतामा राख्दै यस प्यानलले विहिबार पदाधिकारी तथा सदस्य उम्मेदवारहरूको समूह र १० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

संघको आगामी कार्यकालका लागि टंक प्रसाद गैरेको अध्यक्षतामा बनेको प्यानलमा वरिष्ठ उपाध्यक्षमा विमल राज भट्टराई, उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा मुक्ति प्रसाद अधिकारी, महासचिवमा जमुना पौडेल, सचिवमा काशीराम शर्मा पौडेल, कोषाध्यक्षमा टिकाराम बञ्जाडे र सह(कोषाध्यक्षमा जाकिर हुसैन उम्मेदवार रहेका छन् ।

यसैगरी बालकृष्ण पौडेल एसोसियट सदस्यमा उम्मेद्वार रहेका छन् भने उद्योग तर्फका ४ सदस्यहरुमा दिपक बास्तोला, गोपाल टण्डन, प्रविण गोविन्द श्रेष्ठ, सुनिता अर्याल रहेका छन् । वाणिज्य तर्फ मनिष कुमार हयोजु, मिलन कुमार भारी, राजेश भट्टराई, सुनिता गिरी सदस्य रहेका छन् । यस्तै महिला सदस्य तर्फ सुकमाया श्रेष्ठ ध्वजु (सिता) सुष्मा केसी रहेका छन् । खुल्ला सदस्यतर्फ विजयकुमार वर्णवाल, ज्ञानप्रसाद खनाल, गणेश प्रसाद सेढाई, जनक श्रेष्ठ, गोपाल बस्याल, सुशील प्रसाद श्रेष्ठ र ठाकुर घिमिरे चुनावी प्रतिस्पर्धामा छन् ।

प्यानलद्वारा जारी प्रतिबद्धता पत्रमा बुटवल ऐतिहासिक व्यापारिक केन्द्र भए तापनि बढ्दो व्यावसायिक लागत, बजारको मन्दी, अव्यवस्थित पूर्वाधार, नीतिगत अस्पष्टता र अस्वस्थ प्रतिस्पर्धाका कारण उद्योगी/व्यवसायीहरू अप्ठ्यारो स्थितिबाट गुज्रिरहेको उल्लेख छ । संघलाई केवल औपचारिक संस्थामा सीमित नराखी हरेक व्यवसायीको भरोसायोग्य साथी र समस्या समाधानको साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य उनीहरूले लिएका छन् ।

यस प्यानलले संयुक्त र समावेशी नेतृत्व, उद्योगी/व्यवसायीको सम्मान तथा संरक्षण, व्यवसायमैत्री नीति र वातावरण निर्माण, लगानी तथा उद्योगको सुरक्षा, र बुटवलको पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको छ । साथै, बजार विस्तार र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, डिजिटल तथा आधुनिक व्यवसाय प्रवर्द्धन, युवा तथा महिला उद्यमशीलतामा पहुँच विस्तार, पर्यटन र स्थानीय अर्थतन्त्रको विकास तथा पारदर्शी र परिणाममुखी संस्था सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

आश्वासन होइन परिणाम, व्यक्ति होइन संस्था, एकल नेतृत्व होइन संयुक्त नेतृत्वू भन्ने संकल्पका साथ समृद्ध बुटवल निर्माणका लागि नयाँ सोच र साझा प्रयाससहित अमूल्य मत दिएर विजय गराउन प्यानलले सम्पूर्ण उद्योगी/व्यवसायीहरूसँग अपिल गरेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %