चर्चामा

यातायात व्यवस्था कार्यालय बुटवलबाट बिचौलियाको आरोपमा सात जना पक्राउ

यातायात व्यवस्था कार्यालय बुटवलबाट बिचौलियाको आरोपमा सात जना पक्राउ
0 0
Read Time:1 Minute, 36 Second

बुटवल । रुपन्देही प्रहरीले बुटवल स्थित यातायात व्यवस्था कार्यालयबाट ७ जनालाई बिचौलियाको आरोपमा पक्राउ गरेको छ । बुटवल उप-महानगरपालिका वडा नं. १३ स्थित यातायात व्यवस्था कार्यालय परिसरमा बिचौलियाको कार्य गरी रहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा गुल्मी मालिका गाउँपालिका वडा नं. ५ का २३ वर्षिय मनोज अर्याल, रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं. ५ बस्ने ४२ वर्षिय हेम प्रसाद भट्टराई, बुटवल उप-महानगरपालिका वडा नं. १३ बस्ने ४३ वर्षिया लक्ष्मी खनाल र ६२ वर्षिय खोमलाल भुपाल रहेका छन् ।

त्यसैगरि प्रहरीले रुपन्देही बुटवल उप-महानगरपालिका वडा नं. ८ बस्ने ५४ वर्षिय ऋषिराम खनाल, शुद्धोधन नगरपालिका वडा नं. १ बस्ने ३१ वर्षिय विजय क्षेत्री र पाल्पा बगनासकाली गाउँपालिका वडा नं. १ बस्ने ५३ को प्रेमध्वज श्रेष्ठ पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई बिचौलिया कार्य गरेको सम्बन्धमा थप अनुसन्धान गरिने रुपन्देही प्रहरी प्रवक्ता डीएसपी कृष्णबहादुर चन्दले बताए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %