बुटवलको होराइजन चोकमा आमासहित २ बच्चाको विभत्स हत्या
- सत्यदीप सन्देश संवाददाता
- जेष्ठ १४, २०८२
- 366 Shares
बुटवल । बुटवल उपमहानगरपालिका ११ होराइजनचोक नजिकै एक महिलासहित २ बच्चाको विभत्स हत्या भएको छ । ईलका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाका अनुसार होराइजनचोक नजिकै मिलिजुली पथमा महिलाको हत्या भएको हो ।
उनीहरुलाई घरेलु हतियार हथौडा र चक्कु प्रहार गरी हत्या गरेको स्थानीयको भनाई छ । ३१ वर्षीया दिपा बस्याल र उनका दुई छोरीहरु ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया नानी बस्याल रहेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न भएको आरोपमा अन्दाजी ३२ वर्षका सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसि केहि वर्ष अघि संविधान दिवसको दिन आम माफि पाएर छुटेको घटना उपस्थित स्थानीयले बताएका छन् । डिभोर्स भएर अर्कैसँग बिवाह गरि गएकी पूर्व श्रीमतिलाई पुर्व श्रीमानले आफ्नै घरमा बोलाई आज बिहान अन्दाजि ४ बजेतिर घटना घटाएको प्रहरीको भनाई छ । उनीहरुबीच करिब ८/१० वर्ष पहिलेनै सम्बन्ध विच्छेद भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । यद्यपी घटनाको सम्पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
प्रतिकृया दिनुहोस्
- बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित
- कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित
- कास्कीकोट दरबारमा नवदुर्गा महोत्सव हुने
- बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
- बडादसैँ सुरु,आज घरघरमा घटस्थापना र जमरा रोपिँदै
- कांग्रेस १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना सुरु
- गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
- कांग्रेस महाधिवेशन : राति १० बजे सकियो मतदान
- सरकारले निजी क्षेत्रलाई आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ
- युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै
-
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३ -
कास्कीका शोभाचन्द्र बरालले भोट हालेपछि सुरु भयो मतदान
अशोज २३, २०८३ -
बडादसैँ सुरु,आज घरघरमा घटस्थापना र जमरा रोपिँदै
अशोज २५, २०८३ -
कास्कीकोट दरबारमा नवदुर्गा महोत्सव हुने
अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
अशोज २४, २०८३

लेखकको सम्वन्धमा