बुटवलको होराइजन चोकमा आमासहित २ बच्चाको विभत्स हत्या
- सत्यदीप सन्देश संवाददाता
- जेष्ठ १४, २०८२
- 333 Shares
बुटवल । बुटवल उपमहानगरपालिका ११ होराइजनचोक नजिकै एक महिलासहित २ बच्चाको विभत्स हत्या भएको छ । ईलका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाका अनुसार होराइजनचोक नजिकै मिलिजुली पथमा महिलाको हत्या भएको हो ।
उनीहरुलाई घरेलु हतियार हथौडा र चक्कु प्रहार गरी हत्या गरेको स्थानीयको भनाई छ । ३१ वर्षीया दिपा बस्याल र उनका दुई छोरीहरु ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया नानी बस्याल रहेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न भएको आरोपमा अन्दाजी ३२ वर्षका सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसि केहि वर्ष अघि संविधान दिवसको दिन आम माफि पाएर छुटेको घटना उपस्थित स्थानीयले बताएका छन् । डिभोर्स भएर अर्कैसँग बिवाह गरि गएकी पूर्व श्रीमतिलाई पुर्व श्रीमानले आफ्नै घरमा बोलाई आज बिहान अन्दाजि ४ बजेतिर घटना घटाएको प्रहरीको भनाई छ । उनीहरुबीच करिब ८/१० वर्ष पहिलेनै सम्बन्ध विच्छेद भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । यद्यपी घटनाको सम्पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
प्रतिकृया दिनुहोस्
- दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने गृहमन्त्री गुरुङको निर्णय
- मन्त्रालय सम्हाल्दै पुनको घोषणा- ‘तीन वर्षमै देखिने परिणाम दिन्छु’
- गृहमन्त्री गुरुङ र विज्ञानमन्त्री पुनले लिए शपथ
- आर्थिक विधेयक र एमआरपीबारे उद्योगी–व्यवसायीहरुलाई अभिमुखीकरण
- शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय पुगे सुधन गुरुङ र महावीर पुन
- बसपार्क निर्माणको बाटो खुल्यो, रिट फिर्ता लिने र संरचना हटाउने सहमति
- प्रधानमन्त्रीले सीमा बारेको अभिव्यक्ति नसच्याएसम्म अरु विषयमा प्रवेश गर्न सकिदैन : हर्क साम्पाङ
- भन्सार छली प्रकरणमा संसदीय समिति बनाउन पर्छ : ज्ञानेन्द्र शाही
- निजी विद्यालयमाथिको ३ प्रतिशत ‘समता शुल्क’ खारेज गर्न प्याब्सनको माग
- संघ र प्रदेशका सांसदलाई सहयोगी कर्मचारी दिन माग
-
आर्थिक विधेयक र एमआरपीबारे उद्योगी–व्यवसायीहरुलाई अभिमुखीकरण
जेष्ठ २६, २०८३ -
संघ र प्रदेशका सांसदलाई सहयोगी कर्मचारी दिन माग
जेष्ठ २४, २०८३ -
गृहमन्त्री गुरुङ र विज्ञानमन्त्री पुनले लिए शपथ
जेष्ठ २६, २०८३

लेखकको सम्वन्धमा