बुटवल-नारायणगढ सडक डाइभर्सन मर्मत भएपछि सुचारु
- सत्यदीप सन्देश संवाददाता
- जेष्ठ १६, २०८२
- 320 Shares
बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको विनयी खोलामा डाइभर्सन बगाएपछि अवरुद्ध सडक सुचारु भएको छ । डाइभर्सन क्षति भएका ठाउँमा ह्युम पाइप राखेर यातायात सञ्चालनमा ल्याइएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
वर्षासँगैको बाढीले विभिन्न ठाउँमा डाइभर्सन बगाएपछि बुटवल–नारायणगढ सडक शुक्रबार बिहानदेखि पूर्णरूपमा अवरुद्ध भएको थियो । दुम्कीबास र चोरमाराको बाढीले डाइभर्सन बगाएको थियो भने पूर्वबाट पश्चितमतर्फ आउने दाउन्नेको ओरालोस्थित खुर्साने खोलामा पनि बाढीले सडकमा क्षति पुर्याएको थियो ।
सडक अवरुद्ध भएपछि दाउन्ने, दुम्कीबास र अरुणखोलाका विभिन्न ठाउँमा सवारी साधन बाटोमै रोकिएका थिए । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० अन्तर्गत पर्ने चोरमारा पुल गत वैशाख २९ गते र दुम्कीवास पुल गत पुस २६ गते भाँचिएको थियो । पुल भाँचिएपछि खोलाबाट डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिँदै आएका थिए ।
प्रतिकृया दिनुहोस्
- पोखराको असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
- वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ :प्रचण्ड
- हामी मरेका छैनौं, धुलो टक्टक्याउँदै उठ्छौं : ओली
- प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
- विश्वकप फुटबलको नकआउट चरणको समीकरण पूरा, कसको प्रतिद्वन्दी को ?
- एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
- रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू
- रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित ९९ उम्मेदवार (सूचीसहित)
- रास्वपा निर्वाचन आयोगले भन्यो : सभापतिमा रवि लामिछाने निर्विरोध
- विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने
-
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
असार १४, २०८३ -
मेस्सी बने विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी
असार ९, २०८३ -
हामी मरेका छैनौं, धुलो टक्टक्याउँदै उठ्छौं : ओली
असार १४, २०८३ -
वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ :प्रचण्ड
असार १४, २०८३ -
रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू
असार १२, २०८३ -
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
असार ८, २०८३ -
सम्बन्ध विच्छेद गर्न अब एक वर्ष कुर्नु नपर्ने
असार ९, २०८३

लेखकको सम्वन्धमा