चर्चामा

युवा व्यवसायी न्याैपाने दम्पतीकाे जन्मदिनमा रक्तदान कार्यक्रम, ६१ युनिट संकलन

युवा व्यवसायी न्याैपाने दम्पतीकाे जन्मदिनमा रक्तदान कार्यक्रम, ६१ युनिट संकलन
0 0
Read Time:2 Minute, 40 Second

बुटवल । पछिल्लो समय बिभिन्न अवसरमा रक्तदान गर्ने प्रचलन बढ्न थालेको छ । रगतको अभावमा कसैले ज्यान गुमाउन नपोस भन्ने उदेश्यका साथ हुने रक्तदान पछिल्लो समय कार्यक्रम नै आयोजना गरि मनाउन थालिएको हो ।

यसैबिच बुटवलका युवा व्यवसायी तुल्सीराम न्यौपाने दम्पतीको जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका केन्द्रीय सचिव तुल्सीराम र उनकी श्रीमती सृष्टि न्यौपानेको जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदानमा ६१ युनिट रगत संकलन भएको युवा व्यवसायी न्यौपानले जानकारी दिए ।

रक्तदान कार्यक्रममा बोल्दै माओबादी केन्द्र रुपन्देही इन्चार्ज निर्मल जिसीले व्यवसाय संगै सामाजिक कार्य गरेकोमा न्यौपाने दम्पतीलाई धन्यवाद दिँदै समाजसेवामा ध्यान दिन आग्रह गरे । उनले जन्मदिनमा रक्तदान जस्तो महत्वपूर्ण कार्य भएको बताए ।

कार्यक्रममा बोल्दै नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव कृष्ण चौहान क्षेत्रीले जन्मदिनबाट शुरु भएको रक्तदान नियमित तीन तीन महिनामा अनिवार्य गर्नेगरी अगाडी बढ्न सुझाब दिए । उनले रक्तदान निकै महत्वपूर्ण रहेको बताउँदै सबैले नियमित रक्तदान गरेमा रगतको अभावमा कसैले ज्यान गुमाउन नपर्ने बताए ।

नियमित रक्तादाता संघका उपाध्यक्ष लेखनाथ भण्डारीले व्यवसायीले सामाजिक उत्तरदायीत्वका कामहरु गर्नुपर्ने बताउँदै यस्ता गतिविधिले समाज रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए ।

कृष्ण प्रसाद न्यौपानेको संयोजन तथा हिमाल खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । रक्तदान गर्नेहरुलाई टिसर्ट र प्रमाणपत्र प्रदान गरिएको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %