चर्चामा

नेपालले नेदरल्यान्ड्सबाट पायो १५३ रनको लक्ष्य

नेपालले नेदरल्यान्ड्सबाट पायो १५३ रनको लक्ष्य
0 0
Read Time:2 Minute, 18 Second

काठमाडौं । स्कटल्यान्डमा हिजोदेखी सुरु भएको त्रिदेशीय टी(२० आई सिरिजको आफ्नो पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सबाट १५३ रनको लक्ष्य पाएको छ ।

सोमबार डुन्डीमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५२ रनको योगफल खडा गरेको हो ।

नेदरल्यान्ड्सका तेजा निदामानुरुले सर्वाधिक ३५ रन बनाए । विक्रमजित सिंहले ३० रन बनाए । ओपनर माइकल लेभिटले २० र अर्का ओपनर म्याक्स ओ‘डोडले १९ रन थपे । जाच लायन क्याच्टले ११ रन जोडे । साकिब जुल्फिकर २५ रनमा अविजित रहे ।

नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले १८ रनमात्र खर्चिए । नन्दन यादवले दुई विकेट लिए । कुशल भुर्तेल र ललित राजवंशीले समान एक विकेट लिए ।

टी-२० क्रिकेटमा नेपालको यो १०० औँ अन्तर्राष्ट्रिय खेल हो । नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक अन्तर्राष्ट्रिय मान्यताप्राप्त टी(२० खेलेको थियो ।

स्कटल्यान्डमा आइतबारदेखि सुरु त्रिदेशीय शृंखलामा घरेलु टिम, नेपाल र नेदरल्यान्ड्स छन् । शृंखलामा नेपालको यो पहिलो खेल हो । नेदरल्यान्ड्स भने आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग ३९ रनले पराजित भएको थियो ।

शृंखलामा नेपालका दुई अलराउन्डर सोमपाल कामी र गुल्सनकुमार झा छैनन् । यी दुवै खेलाडी यसअघि आईसीसी विश्वकप क्रिकेट लिग(२ अन्तर्गतको त्रिदेशीय शृंखला खेल्ने क्रममा घाइते भएका थिए । यी दुवै खेलाडीले जारी शृंखला गुमाउने नेपाल क्रिकेट संघ ९क्यान०ले जनाएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %