चर्चामा

सानिमा रिलायन्स इन्स्योरेन्सको तीज मिलन कार्यक्रम

सानिमा रिलायन्स इन्स्योरेन्सको तीज मिलन कार्यक्रम
0 0
Read Time:3 Minute, 7 Second

बुटवल । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बुटवल, भैरहवा,मुर्गिया,मणिग्राम शाखाले एकै साथ तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा तीजको शुभकामना आदान-प्रदान तथा बीमालेखका बारेमा समेत जानकारी गराइएको थियो । सो अबसरमा बोल्दै  प्रमुख अतिथि इन्स्योरेन्सका लुम्बिनी  प्रदेश प्रमुख इन्द्र बहादुर वि.क. ले जीवन बीमाको महत्त्व र अभिकर्ता पेशाको गरिमाबारे प्रकाश पारेका थिए । उनले जीवन बीमाले भविष्यको जोखिमलाई न्यून गर्न कसरी सहयोग पुर्याउँछ भन्नेबारे विस्तृत जानकारी दिए । साथै तीजको शुभकामना दिदै सभ्य तरिकाले एकताबद्ध भई आपसी सद्भावका साथ पर्व मनाउन आग्रह गरे ।

बुटवल शाखा प्रमुख प्रेम आचार्यले अभिकर्ताहरूलाई कम्पनीले ल्याएका विभिन्न किसिमका लाभदायक स्किमका बारेमा प्रकाश पार्नुभएको थियो उहाँले आउदै गरेको महिलाहरूको महान् पर्व हरितालिका तिजको शुभकामना दिदै सम्पुर्ण अभिकर्ताहरूलाइ नयाँ उत्साह, जोस र जाँगरका साथ काम गर्न हौसला प्रदान गर्नुभएको थियो ।

सिनियर एजेन्सी म्यानेजर खडक बहादुर क्षेत्री ले बीमा बजारीकरणका लागि चाहिने आवश्यक सीपका बारेमा प्रकाश पारेका थिए । मानिसको जीवनमा जीवन बीमा एक आधारभूत आवश्यकता भए पनि मानिसले यसको महत्त्व नबुझेका कारण बीमालाई बजारीकरण गर्न गाह्रो भएको र यस अवस्थामा अभिकर्ताहरूले बीमाको महत्त्वमाथि प्रकाश पार्न सके बीमा बजारमा धेरै नै सम्भावना रहेको हुँदा चुनौतीलाई अवसरमा परिणत गर्दै अगाडि बढ्न उनलेे उत्प्रेरणा प्रदान गरे ।

कार्यक्रममा इन्स्योरेन्समा कार्यरत  कर्मचारी तथा अभिकर्ता लगायतका महिला दिदी बहिनीहरुले मौलिकता झल्किने तीज गीत आफै गाएर र नाचेर मनोरञ्जन गरेका थिए ।

एसियन पार्टी प्यालेस इटाभट्टी बुटवलमा भएको कार्यक्रममा बर्दघाट शाखा प्रबन्धक गौरव गौतमले सञ्चालन गरेका थियो ।

कार्यक्रममा वरिष्ठ एजेन्सी म्यानेजर , एजेन्सी म्यानेजर तथा अभिकर्ता लगायत ७० जनाको उपस्थिति रहेको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %