पर्यटनको उच्च सम्भावना बोकेको झुप्राङ्गकोट
बासुदेब तिम्लिसिना
विश्वका अग्ला १० हिमाल मध्य ८ वटा हिमाल सर्वोच्च शिखर सगरमाथा देखि, विश्वको गहिरो खोँच रहेको देश नेपाल, विश्व पर्यटन जगतमा पर्यटकको लागी घुम्नु नै पर्ने एक उत्कृष्ट गन्तब्यको रुपमा चिनिन्छ । दन्तेलहर जसरी लहर परेर बसेका हिमश्रीङ्खला देखि, हरिया डाँडा काँडा र तराइको समथर भुभागले गर्दा नेपाल, पर्यटन क्षेत्रको लागि एकदमै सम्भावित देश रहँदै आएको छ । वार्षिक १८–१९ लाख पर्यटक भित्राउने देश नेपालको आफ्नै छुट्टै मौलिक संस्कृति, कला र आफ्नै छुट्टै भेषभुषा छ ।
नेपालका पयर्टकीय क्षेत्र मध्ये गण्डकी प्रदेश कास्की जिल्ला, पोखरा महानगरपालिका सुन्दर पर्यटकीय नगरको रुपमा चिनीएको छ । यस महानगरपालिका भित्र विभिन्न पयर्टकीय सम्पदाहरु छन् । जसमा फेवाताल, बेगनासताल, मैदी, खास्टे लगाएत ७ ताल रहेका छन् भने पोखराको बिचमा बग्ने सेती नदी, हरियाली पहाड, हिमालको दृश्यावलोकन, महेन्द्र र चमेरी गुफा, पातले छाँगो अनि धार्मिक स्थल मठ भन्दिर र विभिन्न भाषा संप्रदायका मासिको वस्ती र प्राचीन संस्कृति कार्यक्रम अतिथिको आत्मीय स्वागत र प्रेम भावले पयर्टकीय महानगरपालिकाको रुपमा चिनिएको छ ।
पोखरा महानगरपालकिा अन्नपूर्ण गाउँपालिकाहरमा विभिन्न पर्यटकीय स्थलहरु रहका छन् । यहाँ भएका विभिन्न पयर्टकीय स्थलहरुमा साविक अर्मला–४ हाल पोखरा महानगरपालिका वडा नंं – १६ को उत्तरी क्षेत्रमा पर्ने ऐतिहाशीक धार्मीक एवं पयर्टकीय स्थल भुप्राङ्गकोट एक महत्वपूर्ण पयर्टकीय स्थल हो ।
“ऐतिहाशिक धार्मीक एवं पर्यटकीय स्थल भुप्राङ्गकोटको वर्णन”
भुप्राङकोट पोखरा महानगरपालिका वडा नं. १६ (साविक अर्मला–४) को उत्तरी क्षेत्रमा माछापुच्र्छ्रे अनि अन्नपूर्ण हिमालको काखमा र पोखराका शहरको शिर विच भागमा करिब २३०० मिटरको उचाईमा केही समतल भागको धरातलीय अवस्थामा रहेको छ । यस स्थलको यहाँ हामीले केहि शुक्ष्मरुपमा वर्णन गर्न खोजीएता पनि यहाँ पुगी सके पछि लिन सकिने सवै पक्षको आन्नदीत अनुभूतीलाई शब्दद्वारा गरीने वर्णनले समेटन सकिदैन । त्यसकारण हामी यहाँ पुगे पछि मात्र यस स्थलको पर्यटकीय महिमा बुझ्न र अति आनन्द लिन सकिन्छ । जिवनमा हामी त्यहाँ नपुगेको व्यक्तिहरु सके धेरै पटक नत्र एक पटक पुग्नु पर्ने देखिन्छ ।
यहाँ विगत समयमा विभिन्न क्षेत्र तथा पोखरा लागाएकतका मासिहरु वस्ने गरी खाने खर्चको व्यवस्थापन गरी तत्कालिन समयको श्रोत साधन अनुसार चित्रा भकारीको गोठ वनाएर वस्थ्ये । आनन्द र शान्त तरीकाले प्राकृतिकको शौन्र्दयसँग घुलमिल हुदै आनन्दलिदै स्वस्थ हावाले विचारमा उर्जा र शरिरमा शक्तिको बृद्धि गर्दै स्वर्गबाट फर्किएको अनुभुती गर्दै पनुः आफ्ना घर फर्किएका हुन्थे ।
यहाँबाट उत्तर तर्फ हेर्दा माछापुच्र्छ्रे , अन्नपूर्ण लगाएकतका हिम चचुराहरु र अन्नपूर्ण हिमालमा धानको रास र पाथीले मानिस निम्रीउर धान भर्दै गरेको दृश्य प्रष्ट रुपमा देखिन्छ । माथि हिमाशिखर तल बुकी क्षेत्र अनि हरियाली वन जङ्गलले ढाकिएको भाग रहको छ भने कलकल गरी शुशेलि खेल्दै दुध जस्तै बग्ने सेती नदिको उद्गम स्थल जसलाई शिर भनेर चिन्दछौं यस्ता दृश्यहरु यहाँबाट देख्न सकिन्छ । विहानको सुर्याेदयमा चाँदी झै टल्कने र बेलुका सर्य अस्ताउँदा सुन झै टल्कने हिमालको दृश्यले हामीलाई झन अचम्मित बनाउँछ । यस क्षेत्रको केहि पर मह भिरमा वन महुरीले महका घारहरु र मौरीको घुनघुनावट साँकृतिक वाजावजेको धुनको पहशुस हुन्छ । हिउँदको समयमा यस क्षेत्रमा २÷३ पटक हिउँ पर्ने हुँदा हामी पोखरा शहरबाट छोटो दुरीकोमा यस क्षेत्रमा गएर हिउँका पारखिहरुले हिउँ सँग खेल्दै हिउँ सँग रमाउँने अवसर प्राप्त हुन्छ ।
झुपाङ्गकोटबाट पश्चिम तर्फ हेर्दा माछापुच्छे« गाउपालिकाका भुर्जुङ्गखोला, धिप्राङ्ग, घाचोक, लाहाचोक, ल्वाङ, रिवान, धिताल अस्ताम, ब्द्यऋ बेस क्याम्प, अष्ट्रेलियन वेश क्याम्प पनि देख्न सकिन्छ भने अन्नपूर्ण गाउँपालिकाका ढीकुरपोखरी, लुम्ले पञ्चासे, कास्कीकोट आदि क्षेत्रहरु देखिन्छ भने दक्षिण तर्फ महनगरपालिकाको मौजा, काहुँ धरहरा, फेवाताल, बौध स्तुपा, पुम्दीकोट शिव भन्दिर, कास्की कोट, सराङ्गकोट, पोखराको नयाँ अन्तराष्ट्रिय विमानस्थल लगाएत स्याङ्गजा जिल्लाका विभिन्न भागहरु समते देख्न सकिन्छ ।
पूर्वमा हेर्दा चोकोडाँडा, अर्मलाकोट, तनहँुका भागहरु, लमजुङ्गका हरियाली डाँडाहरु देखिन्छ । यसरी सवै क्षेत्रका हेर्न लायक दृश्य हेर्न पाईने यस क्षेत्रमा त्यति मात्र नभएर यहाँ हिउँदको समयमा ढकमक्क फुल्ने लालीगुरासँ, सोतो फुल्ने चिमलो र अन्य रङगी विरङ्गी वासनादार सुगन्धित फुलका वास्ना र हिमालयबाट वहने चिसो अनि स्वच्छ सितल हावाले चैत्र बैशाखको गर्मी याममा परि शरीर अति फूर्तिलो र मन उमङ्गले भरिन्छ । हिउँदको समयमा वन सप्सी, कुभीण्डो, मिठीफल बैशाख जेष्ठमा गुएली, ऐशेलु, चुत्रो लगाएतका फलफुलहरु पाइन्छ । यि फलफुल ठण्डी ठाउँमा उत्पादी भएको हुँदा अति नै मिठा हुनेहुँदा मासिनहरुको स्थाथ्यमा राम्रो प्रभाव पारेको हुन्छ । त्यसैगरी हिउँदमा कुरीलो, बैशाख जेष्ठमा टुसा, निउरो, हलहलको साग लागएका तरकारी हुने यस क्षेत्रमा विभिन्न जडीबुटी पनि पाइन्छ । निरमसी, गुदरगानो, तोते, सतुवा पखनबेद, बाटुलपाते, दैचाम्ले, जस्ता जिडीबुटी पाइनुका साथै अन्य जडीबुटीको अनुसान्धन गर्न सकेमा थप आर्कषक हुने देखिन्छ । यहाँ विभिन्न प्रकारका चराचुरुङ्गी, कालीज, बन कुखरा, जुरेली, कोकले, भ्याकुर, डाँफे, मुनाल मालुवाका वथान, चिल, काग, काल्र्चे लगाएका चराहरु पाइन्छ भने वन्यजन्तुमा बाघ, स्याल, चितवा, घोरेल, मृग, झारल, बुवाँसो, मलछाप्रो आदी पाईन्छ ।
ऐतिहासिक एवं धार्मिक पृष्ठमूमी यस क्षेत्रमा प्राचिनकाल तथा वाईसे चौवीसे राजाका पालामा हिउँद र गर्मीको समयमा तत्कालिन राजाहरुले बासस्थान तथा दरबार बनाएर बसेको भन्ने पूर्वजहरुको भनाई रहि आएको छ । यहाँको केही भाग जमिनमा ढुङ्गा माटाका बान्ना लगाएको देखिन्थ्यो भने यस क्षेत्रमा तत्कालिन समयमा बन्यजन्तु र पक्ष्ािंको सिकार खेल्ने हुँदा माटाका मट्टयाङग्राहरु पाईन्छ भने कहिँकतै फलामका धारिला टुक्राहरुपनि भेटिन्छ । यसलाई उत्खनन गर्ने हो भने यहाँको वास्तबिकता पत्ता लगाउन थप सहयोग हुने देखिन्छ । बाईसे चौबीसे राजाको अन्त्य र नेपाल एकिकरण पश्चात यस क्षेत्रमा हालका गर्लाङ्गबासी गुरुङ्ग समुदायका पूर्बज झुप्राङगे भन्ने व्याक्ति टाठा बाठा भएका उनले यस क्षेत्रको रेखदेख र संरक्षण गरेको हुँदा यसको नाम झुप्राङ्गकोट रहन गएको भन्ने भनाई रहँदै आएको छ । यहाँ पहिला मानव बस्ती रहेको बिभिन्न प्रमाणहरुले पुष्टी गर्दछ । माटाका भाँडाका खपुटा, फलामका टुक्रा, मट्टयाङ्ग्रा आदि प्रमाणको रुपमा लिन सकिन्छ भने जहाँ मानब बस्ती हुन्छ त्यहाँ देबि देबताको मठ मन्दिर र थान रहि आएको कुरा अझपनि छर्लङ्ग छ । यहाँ भूमे देबता को मन्दिर धेरै पहिला देखिनै भएको पाईन्छ जुन मन्दिरमा आज पनि चैते दशैँ र ठूला दशैंमा पूजा गर्ने चलन छ । मानिसहरुले कठिन परिस्थिती र आफूले आँटेको काम पूरा हुन भनि सम्झने र सोही अनुसार पूजा गर्दा आफ्नो मनोकाँक्षा पूरा हुने जनबिस्वास रहि आएको छ ।
चैते दशैँ र वडादशैँमा पूजागर्ने भक्तजनहरुको बाक्लो उपस्थिती हुने गर्दछ । यहाँ अन्य झाक्री देउराली बराह, लगाएतका देबताका थानहरु रहेका छन् । पार्किमा प्राकृतिकरुपमा पोखरी पनि रहेको छ । यहाँको पश्चिम पातालमा पानी ढाक्ने पानीको कुवा समेत रहेको अबस्था छ । यस क्षेत्रमा धेरै पहिला देखी गर्लाङ्ग थूम कुबेर, हरिपाउ करेचौर, लाम्पट का बासिन्दाहरुले गाई भैसी गोठ राख्ने गर्दथे । त्यस समयमा यहाँ करिब ९०–१०० गाई भैसीको गोठहरु हुन्थे भने हिउँदको समयमा भेडी गोठहरु पनि राख्ने चलन थियो । गोठमा बस्ने मानिसहरुले यहाँ आलु, पिडालु, कोदो, काक्रो साग लगाई अर्गानिक तरकारी खाने र पछि लाई सोच गरेर राख्ने गरेको बुझिन्छ ।
यहाँ बिगत समयमा पोखरा बाट हरिपाउ हुँदै झुप्रङ्गकोट गएर बस्ने र भोलीपल्ट सिक्लेश जाने गर्दथे भने सिक्लेश, पार्चे, खिलाङ्ग, आख्ले, चिप्लीका मानिसहरु यहि बाटो भएर पोखरा आउने जाने गर्दथे । सिक्लेशमा चाहिने खाद्य सामाग्री लगाएतका सामानहरु मानिसहरुले यसै भुप्राङ्गकोट हुँदै भारी बोकेर पु¥याउने गर्थे । यसरी यस क्षेत्रमा हिजोका दिनहरुमा एउटा बाह्य र आन्तरिक पर्यटक स्थलको रुपमा अगाडि बढेको थियो । तर पछि आएर मानिसहरु बिस्तारै वैदेशीक रोजगार र व्यापार व्याबसाय मा लाग्दा पशुपालन व्याबसाय विस्थापन हुन पुग्यो भने सिक्लेश बिजयपूर कच्चि सडक खुले पछि सिक्लेशका मानिसहरु कम आबतजाबत हुन थाल्यो भने यस क्षेत्र पर्यटन मार्गको रुपमा समाबेस नभएको हुँदा बिस्तारै बाह्य पर्यटकहरुको आगमन कम हुन थाल्यो । पर्यटकको लागि यति धेरै सम्भावना बोकेको यस क्षेत्र बिस्तारै पछि पर्न गयो ।
झुप्राङकोट पर्यटीय स्थलका आकर्षणहरु :
माछापुच्र्छ्रे, अन्नपूर्ण हिमश्रृखलाको मनोरम दृष्यावलोकन गर्न सकिने
पोखरा भ्याली, माछापुच्र्छ्रे, गाउँपालिका, अन्नपूर्ण गाउँपालिकाका मनोरम दृष्य हेर्न सकिने ।
हरियाली जंगल, चराजुरुङ्गी र जिवजन्तुहरु रहेको एक प्राकृतिक चिडियाखानाको अनुभू ितगर्न सकिने ।
सुर्योदय र सुर्यास्तको दृष्य हेर्न सकिने ।
पोखराबाट करिब डेढ, दुई घण्टाको दुरीमा हिउँसँग खेल्न सकिने क्षेत्र ।
पोखराको नजिक रहेको पदमार्ग क्षेत्र ।
यस क्षेत्रको पर्यटन बिकासका लागी आबस्यक पूर्बाधार कार्यहरु :–
बिगत केहि समयमा यहाँ आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्यामा कमि आएतापनि हाल आएर यस झुप्राङ्गकोट क्षेत्रमा हिउँदका समयमा आन्तरिक पर्यटकको भिड लाग्ने गरेको छ । बाह्य पर्यटक छिटपुट रुपमा जाने गरेको पाईन्छ । यसको बिकासको लागि र त्यहाँ पुग्ने पर्यटकको लागि निम्न अनुुुसारको गुरुयोजना बनाई अगाडि बढ्नु पर्ने देखिन्छ :–
१ यस ठाउँमा जानको लागि गर्लङ्ग आलेबारी देखी झुप्राङ्गकोट सिडी बाटो निर्माण गर्ने र बिच बिचमा चौतारी तथा बिश्रामस्थल निर्माण गर्ने
२ मूलाछर्ने आलेबारी बाट झुप्राङ्गकोट बिद्युत लाई बिस्तार गर्ने ।
३ मूलकोट तथा झूप्राङ्गकोटमा रहेको मन्दिर लाई जिणोदार गरि ब्यबस्थित बनाउने ।
४ भूप्राङ्गकोटमा एउटा बासस्थानका लागि सार्वजनिक ट्रर्श निर्माण गर्ने ।
५ यहाँ होटल लज निर्माण गर्न निजी ब्याक्ति लाई प्रोत्साहन गर्ने ।
६ उत्तर तर्फ फर्केको भूभागमा यहाँ हिँउ पर्ने भएको हुँदा स्याउ खेतीको परिक्षण गरि निश्चित क्षेत्रमा स्याउ खेती गर्ने ।
७ सुन्दर र शान्त क्षेत्र भएको हुँदा ध्यान केन्द्र , योग केन्द्र बनाउने ।
८ यस क्षेत्रमा लालगुराँस हुने हुँदा लालीगुराँसका बिभिन्न प्रजातीहरु संकलन गरि निश्चित क्षेत्र मा गुराँस क्षेत्र बनाउने
९ उच्च भागमा खेल मैदान निर्माण गर्ने ।
१० यस क्षेत्रमा थप खानेपानीको ब्यबस्था गर्ने ।
११ उच्च भाग बाट गरिने प्याराग्लाईडिङ्गको लागि उपयूक्त ठाँउ छनोट गर्ने ।
१२ सामान ओसार पसार गर्न ग्रेवेटी ओय को निर्माण गर्ने ।
१३ अमला बिसाउनी, घार्मी, ढिकी डाँडा, झूप्राङ्गकोट सिक्लेस दुधपोखरी कहफुचे ताल मनाङ सँग जोडी पदमार्गको नक्सामा रेखाङ्कन गराउने । (लामो दुरी )
१४ जोगीमणी, छहरेपानी, गर्लाङ्ग, झुप्राङ्गकोट, नागी, चोबो डाँडा, अर्मलाकोट, कुमारीगुफा छोटो पदमार्ग पर्यटन नक्सामा नक्साङ्कन गराउने (छोटो दुरी )
१५ गण्डकी प्रदेशको पर्यटन क्षेत्रको सुचीमा समाबेस गराउने ।
यसरी बाह्य र आन्तरिक पर्यटकका लागि अत्यन्त मनमोहक दृश्य भएको र त्यती प्रचार प्रसार हुन नसकेको यस झूप्राङ्गकोट ऐतिहासिक एंव पर्यटकिय क्षेत्रको वास्तबिक प्रचार प्रसार र आबस्यक पूर्बाधारको बिकास गर्न सकेमा पोखरा महानगरपालिकाको एउटा पर्यटकिय स्थलको थप पहिचान हुनुका साथै वडा नं. १६ लाई पर्यटकिय वडाको रुपमा प्रमाणित गर्न सकिने र पर्यटकको चहलपहल बढ्ने हुँदा सरोकारवाला सबैको ध्यान दृश्टि पुग्न सकेमा यसको बिकास मा सहयोग पुग्ने देखिन्छ ।
बासुदेब तिम्लिसिना
पोखरा –१६, हरिपाउ केवरे
लेखकको सम्वन्धमा