चर्चामा

राजनीति

पोखरा महानगरपालिकामा प्रदर्शनकारीले लगाए आगो

पोखरा महानगरपालिकामा प्रदर्शनकारीले लगाए आगो

पोखरा । जेनजी पुस्ताका प्रदर्शनकारीले पोखरा महानगरपालिकाको कार्यालयमा आगो लगाएका छन् । महानगरको बन्द गेट फोडेर उनीहरूले महानगरको कार्यालयमा आगो लगाएका हुन् । आगलागीका साथै उनीहरूले महानगरपालिकाको कार्यालयमा तोडफोडसमेत गरेका छन् । पोखराको सभागृह चोकबाट सुरू भएको प्रदर्शनकारीको जुलुस न्युरोडस्थित महानगरपालिकाको कार्यालय अगाडि पुगेपछि भ्रष्टाचार विरूद्ध नाराबाजी गरेका थिए । प्रदर्शनकारीले तोडफोड आगजनी प्रयास गरेपछि…

प्रधानमन्त्री ओलीले बोलाए सर्बदलीय बैठक

प्रधानमन्त्री ओलीले बोलाए सर्बदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्बदलीय बैठक बोलाएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै हिजो राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दुखी रहेको बताउदै उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निस्कर्षको लागि संबद्ध पक्षसँग संवादमा रहेको उल्लेख गरेका छन् । साथै उनले आज साँझ ६ बजे सर्वदलीय बैठक आव्हान…

  • च्यासलस्थित एमाले पार्टी कार्यालयमा आगजनी

    च्यासलस्थित एमाले पार्टी कार्यालयमा आगजनी

    ललितपु ।  ललितपुरको च्यासलस्थित नेकपा एमाले पार्टी कार्यालयमा पनि आगजनी भएको छ । मंगलबार दिउँसो प्रदर्शनकारीले एमालेको पार्टी कार्यालयमा पनि आगजनी गरेका हुन् । सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा पनि आगजनी गरेको छ । त्यस्तै प्रदर्शनकारीहरू नेताका घरघरमा पुगेर तोडफोड...

  • नेपाली कांग्रेस कार्यालयमा आगजनी

    नेपाली कांग्रेस कार्यालयमा आगजनी

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको कार्यालयमा आगजनी भएको छ । जेनजी प्रदर्शनकारीहरूले मंगलबार कार्यालयमा पुगेर आगजनी गरेका हुन् । जेनजीहरूले सोमबार गरेको प्रदर्शनका कारण १९ जनाले ज्यान गुमाएका थिए । लगत्तै आज बिहानबाटै प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ...

  • झापामा गोली चल्यो, दुई जना गम्भीर घाइते

    काठमाडौं । झापाको बिर्तामोडमा जेनजी युवाहरूको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । उनीहरूको पेटमा गोली लागेको छ ।

  • बालकोटमा गोली चल्यो, २ जना घाइते

    काठमाडौं । भक्तपुरको बालकोटमा गोली चलेको छ । गोली लागेर दुई जना घाइते छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ । प्रदर्शनकारी प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासतर्फ अघि बढेका थिए । (अनलाइनखबर)

  • कास्कीमा आज बिहान ८:०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा

    कास्कीमा आज बिहान ८:०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा

    पोखरा । कास्की जिल्ला प्रशासन कार्यालयले आज बिहान ८:०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जनाउँदै जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ । प्रशासनले शहिदचोक आसपासका क्षेत्र, पूर्वतर्फ वाइचोक, उत्तरपूर्वतर्फ मिलनचोक, पश्चिमतर्फ फिस्टेल गेट (वैदाम), उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ राष्ट्र...