गुल्मीका चार सय घरधुरी अन्धकारमा
- सत्यदीप सन्देश संवाददाता
- भदौ ५, २०८१
- 303 Shares
गुल्मी । गुल्मीको ह्वाङ्गदी स्थित महभिर गाउँमा मंगलबार अविरल वर्षा सँगै झरेको पहिरोले ३ घरधुरी विस्थापित भएका छन् । मालिका गाउँपालिका वडा नम्बर ३ मा पर्ने ह्वाङ्गदीको महभिर गाउँका ७ घरधुरी उच्च जोखिममा परेका छन् ।
बिद्युतका पोल ढलेर त्यस वडाका ४ सय भन्दा बढी घरधुरी अँध्यारोमा बस्न बाध्य भएका छन् । १५ घरधुरीका पिउने पानीको ट्याङ्की बाढीले बगाएर ती परिवारलाई खानेपानीको अभाव भएको त्यहाँका वडा सदस्य शेरबहादुर थापाले जानकारी दिए ।
गत वर्ष मात्रै १० लाख खर्चेर बनाइएको ५ घना मिटरको खानेपानी ट्याङ्की बगाएर पुर्णरुपमा क्षति भएको छ । त्यस्तै ३ घना मिटरको पुरानो ट्याङ्की पनि बगाएर क्षति भएको छ ।
त्यस वडाका पूर्व वडाध्यक्ष राजकुमार बिक , ढालबहादुर विश्वकर्मा र अजय घर्तीको घर ढल्नै लागेको छ । सात घरधुरीलाई मालिका गाउँपालिकाले त्रिपाल वितरण गरेको वडा सदस्य थापाले बताए । बिद्युत् र खानेपानी सुचारु गर्ने पहल भई रहेको वडाध्यक्ष तथा त्यस पालिकाका प्रवक्ता ज्ञानकुमार बुढा मगरले बताए ।
प्रतिकृया दिनुहोस्
- प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच २५ मिनेट वार्ता
- तेस्रो प्रयासमा सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, फाइनलमा जर्ज मन्सेको शतक
- भोटेकोशी/त्रिशूली बाढी पीडितलाई सार्वजनिक नभए निजी जग्गा किनेर दिनुपर्छ : गगन थापा
- प्रधानमन्त्री बालेनलाई भेट्न होटल ताज महल पुगे भारतीय विदेशमन्त्री जयशंकर
- प्रधानमन्त्री शाह नयाँदिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
- शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न प्रचण्डको आग्रह
- माध्यमिक तहमा आलोचनात्मक चिन्तन विधि र शिक्षणको महत्व
- मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना : तीन जनाको मृत्यु, सात जना घाइते
- पर्यटकीय राजधानी पोखरामा धुमधामका साथ मनाइयो छठ पर्व
- कास्कीका पर्यटकीय गाउँमा आन्तरिक तथा बाह्य पाहुनाको लर्को, होटल र होमस्टे भरिभराउ
-
माध्यमिक तहमा आलोचनात्मक चिन्तन विधि र शिक्षणको महत्व
मंसिर ६, २०८३ -
पर्यटकीय राजधानी पोखरामा धुमधामका साथ मनाइयो छठ पर्व
मंसिर १, २०८३


लेखकको सम्वन्धमा