गुल्मीका चार सय घरधुरी अन्धकारमा
- सत्यदीप सन्देश संवाददाता
- भदौ ५, २०८१
- 282 Shares
गुल्मी । गुल्मीको ह्वाङ्गदी स्थित महभिर गाउँमा मंगलबार अविरल वर्षा सँगै झरेको पहिरोले ३ घरधुरी विस्थापित भएका छन् । मालिका गाउँपालिका वडा नम्बर ३ मा पर्ने ह्वाङ्गदीको महभिर गाउँका ७ घरधुरी उच्च जोखिममा परेका छन् ।
बिद्युतका पोल ढलेर त्यस वडाका ४ सय भन्दा बढी घरधुरी अँध्यारोमा बस्न बाध्य भएका छन् । १५ घरधुरीका पिउने पानीको ट्याङ्की बाढीले बगाएर ती परिवारलाई खानेपानीको अभाव भएको त्यहाँका वडा सदस्य शेरबहादुर थापाले जानकारी दिए ।
गत वर्ष मात्रै १० लाख खर्चेर बनाइएको ५ घना मिटरको खानेपानी ट्याङ्की बगाएर पुर्णरुपमा क्षति भएको छ । त्यस्तै ३ घना मिटरको पुरानो ट्याङ्की पनि बगाएर क्षति भएको छ ।
त्यस वडाका पूर्व वडाध्यक्ष राजकुमार बिक , ढालबहादुर विश्वकर्मा र अजय घर्तीको घर ढल्नै लागेको छ । सात घरधुरीलाई मालिका गाउँपालिकाले त्रिपाल वितरण गरेको वडा सदस्य थापाले बताए । बिद्युत् र खानेपानी सुचारु गर्ने पहल भई रहेको वडाध्यक्ष तथा त्यस पालिकाका प्रवक्ता ज्ञानकुमार बुढा मगरले बताए ।
प्रतिकृया दिनुहोस्
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट झन्डै ४४ हजार युवा नेतृत्वमा, १ लाखले दिए उम्मेदवारी
- बागलुङ बाढीपहिरो : मृतकको संख्या १२ पुग्यो, अझै एक जना बेपत्ता
- सरकारको काम केटाकेटी खेलेजस्तो र लुकिछिपी गरेजस्तो देखियो : सांसद ध्रुवराज राई
- मनसुनजन्य विपदमा परी सबैभन्दा बढी मानवीय क्षति गण्डकीमा
- नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
- मनाङको हिमलुङमा हिमपहिरो, १० जना बेपत्ता
- बागलुङको निसीखोलामा पहिरो, एकै घरका ४ जनाको मृत्यु
- पाल्पाको माथागढी र रिब्दीकोटमा पहिरोले २ जनाको मृत्यु, ३ बेपत्ता
- बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो, तीन घरमा क्षति
- संयुक्त राष्ट्रसंघ महासभामा सहभागी भई प्रधानमन्त्री शाह स्वदेश फिर्ता
-
नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
अशोज ११, २०८३ -
कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित
अशोज ८, २०८३


लेखकको सम्वन्धमा