इमेज सहकारी ठगी अभियोगमा फरार ढोरपाटनका मेयर देवकुमार दिल्लीमा भेटिए
- सत्यदीप सन्देश संवाददाता
- अशोज ११, २०८१
- 503 Shares
पोखरा । ढोरपाटन नगरपालिका नगर प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएको १६ महिनापछि बल्ल पक्राउ परेका छन् ।
भारतको नयाँ दिल्लीबाट सुरक्षा अधिकारीहरुले पक्राउ गरेको र नेपाल ल्याउने तयारी भएको छ । सहकारी ठगी अभियोगमा फरार प्रतिवादी नेपालीलाई लामो समयसम्म नभेटिएपछि पक्राउका लागि गत वर्ष १२ माघ इन्टरपोलमा रेड नोटिस समेत जारी भएको थियो ।
प्रहरी स्रोतका अनुसार उनलाई भारतस्थित नेपाली दूतावासबाट समन्वय नेपाल झिकाउने तयारी भएको छ । बचतकर्ताको करिब २ अर्ब रकम अपचलन गरेको अभियोगमा लागेका नेपाली गत वर्ष ५ जेठदेखि फरार थिए ।
तर नेपाली बेलाबेलामा फेसबुक लाइभमा आउने र आफ्नो जीउधनको सुरक्षा नभएकाले केही समय टाढा बस्नुपरेको बताउने गर्थे ।
सहकारी रजिस्ट्रारको कार्यालयले गरेको अध्ययनमा उनले पोखरासहित बागलुङ, बुर्तीबाङ, गल्कोटमा गरी कृत्रिम कर्जा खडा गरी मोटो रकम उठाएर हिनामिना गरेको उल्लेख छ ।
उनी गत वर्ष ५ मंसिरमा पहिलोपल्ट सामाजिक सञ्जाल फेसबुकमा लाइभ आएर एकै पटक धेरै जना बचतकर्ताले बचत फिर्ता माग्न आउँदा सहकारी समस्यामा परेको दाबीसमेत गरेका थिए ।
प्रतिकृया दिनुहोस्
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट झन्डै ४४ हजार युवा नेतृत्वमा, १ लाखले दिए उम्मेदवारी
- बागलुङ बाढीपहिरो : मृतकको संख्या १२ पुग्यो, अझै एक जना बेपत्ता
- सरकारको काम केटाकेटी खेलेजस्तो र लुकिछिपी गरेजस्तो देखियो : सांसद ध्रुवराज राई
- मनसुनजन्य विपदमा परी सबैभन्दा बढी मानवीय क्षति गण्डकीमा
- नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
- मनाङको हिमलुङमा हिमपहिरो, १० जना बेपत्ता
- बागलुङको निसीखोलामा पहिरो, एकै घरका ४ जनाको मृत्यु
- पाल्पाको माथागढी र रिब्दीकोटमा पहिरोले २ जनाको मृत्यु, ३ बेपत्ता
- बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो, तीन घरमा क्षति
- संयुक्त राष्ट्रसंघ महासभामा सहभागी भई प्रधानमन्त्री शाह स्वदेश फिर्ता
-
नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
अशोज ११, २०८३ -
कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित
अशोज ८, २०८३

लेखकको सम्वन्धमा