इमेज सहकारी ठगी अभियोगमा फरार ढोरपाटनका मेयर देवकुमार दिल्लीमा भेटिए
- सत्यदीप सन्देश संवाददाता
- अशोज ११, २०८१
- 385 Shares
पोखरा । ढोरपाटन नगरपालिका नगर प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएको १६ महिनापछि बल्ल पक्राउ परेका छन् ।
भारतको नयाँ दिल्लीबाट सुरक्षा अधिकारीहरुले पक्राउ गरेको र नेपाल ल्याउने तयारी भएको छ । सहकारी ठगी अभियोगमा फरार प्रतिवादी नेपालीलाई लामो समयसम्म नभेटिएपछि पक्राउका लागि गत वर्ष १२ माघ इन्टरपोलमा रेड नोटिस समेत जारी भएको थियो ।
प्रहरी स्रोतका अनुसार उनलाई भारतस्थित नेपाली दूतावासबाट समन्वय नेपाल झिकाउने तयारी भएको छ । बचतकर्ताको करिब २ अर्ब रकम अपचलन गरेको अभियोगमा लागेका नेपाली गत वर्ष ५ जेठदेखि फरार थिए ।
तर नेपाली बेलाबेलामा फेसबुक लाइभमा आउने र आफ्नो जीउधनको सुरक्षा नभएकाले केही समय टाढा बस्नुपरेको बताउने गर्थे ।
सहकारी रजिस्ट्रारको कार्यालयले गरेको अध्ययनमा उनले पोखरासहित बागलुङ, बुर्तीबाङ, गल्कोटमा गरी कृत्रिम कर्जा खडा गरी मोटो रकम उठाएर हिनामिना गरेको उल्लेख छ ।
उनी गत वर्ष ५ मंसिरमा पहिलोपल्ट सामाजिक सञ्जाल फेसबुकमा लाइभ आएर एकै पटक धेरै जना बचतकर्ताले बचत फिर्ता माग्न आउँदा सहकारी समस्यामा परेको दाबीसमेत गरेका थिए ।
प्रतिकृया दिनुहोस्
- रास्वपाको खाता खुल्यो, काठमाडौं- १ मा रञ्जु दर्शना विजयी
- रुपन्देही २ मा १० हजार मत गन्दा रास्वपाका खरेललाई ६७ प्रतिशत मत, विष्णुलाई १० प्रतिशत
- रास्वपाको उम्मेदवारी खारेज भएको धनुषा-१ मा विवाद, मतगणना हुन सकेन
- मतगणना १६५ निर्वाचन क्षेत्रमै हुने
- बिहान ७ बजेबाट प्रतिनिधि सभाको निर्वाचन सुरू, ३ हजार ४०६ उम्मेदवार चुनावी मैदानमा
- रुपन्देही–२ मा काँग्रेस उम्मेद्वार चुन्नले बुटवल ४ बाट गरे मतदान
- निर्वाचनमा खटिने कर्मचारीलाई आयोगको निर्देशन: दलको प्रचार नगर्नू, स्वीकृतिविना विदेश नजानू
- धनुषा-१ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज
- निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता
- चटक र तमासा देखाएर परिवर्तन हुने होइन, कांग्रेस जिताएपछि देश बन्छ : सभापति थापा
-
प्रेस चौतारीका सदस्य बसन्तराज बराल प्रेस युनियनमा प्रवेश
फाल्गुन १५, २०८२ -
बुटवलमा भोली काँग्रेसको चुनावी सभाः सभापति गगनले सम्बोधन गर्ने
फाल्गुन १४, २०८२ -
रुपन्देही-२ मा कांग्रेस उम्मेदवार चुन्न पौडेललाई राप्रपाको समर्थन
फाल्गुन १७, २०८२ -
देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री
फाल्गुन १४, २०८२ -
विभिन्न पार्टी परित्याग गरि १ हजार ३१ जना काँग्रेसमा प्रवेश
फाल्गुन १५, २०८२ -
धनुषा-१ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज
फाल्गुन १९, २०८२ -
निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता
फाल्गुन १९, २०८२ -
मतगणना १६५ निर्वाचन क्षेत्रमै हुने
फाल्गुन २१, २०८२

लेखकको सम्वन्धमा