अटो इन्जिनियरिङ ब्यवसायीलाई कर अभिमुखिकरण
- सत्यदीप सन्देश संवाददाता
- मंसिर ४, २०८१
- 273 Shares
बुटवल । बुटवल अटो इन्जिनियरिङ एशोसियसन रुपन्देही लुम्बिनीको अयोजनामा कर सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ। बुटवल २ मैनाबगरमा रहेको एसोसिएसनको सभाहलमा एशोसियसनका सदस्य ब्यवसायीहरुलाई अभिमुखिकरण गरिएको हो ।
अभिमुखिकरणमा बोल्दै नेपाल अटो मेकानिक्स ब्यवसायी महासङका केन्द्रिय अध्यक्ष जनार्धन गैरेले महासंघले ब्यवसायीक हक हितमा रहेर काम गर्दै आएको जानकारी गराए ।
उनले ब्यवसायीहरु धेरैले आफ्नो ब्यवसायमा केन्द्रित रहदा अन्य कुराहरु जानकारी नहुने अवस्थामा एशोसियसनले करको क्षेत्रमा भएका परिवर्तन सहित अभिमुखिकरण गरेको भन्दै प्रसंशा गरे ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय बुटवल कर अधिकृत भविश्वर पोख्रेलले फेरिएको बिल बिजक, परिवर्तित नियमहरु तथा ब्यवसायीले पाउन सक्ने राहतको ब्यवस्था लगायतको बारेमा प्रशिक्षण दिएका थिए ।
राजस्व अनुसन्धान कार्यालय प्रशिक्षक दिपेन्द्र श्रेष्ठले कर तथा राजश्वको बारेमा प्रशिक्षण गरेका थिए ।
बुटवल अटो इन्जिनियरिङ एशोसियसन रुपन्देही लुम्बिनीका अध्यक्ष प्रेम गौचनले ब्यवसायीहरुमा परिवर्तन भएको करको नीति तथा लेखा ब्यवस्थापनमा सहयोग पुग्ने विश्वास सहित अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
बाणिज्य उपाध्यक्ष बाबुराम आचार्यको स्वागत तथा सचिव मनिष पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।अभिमुखिकरणमा करिब २ सय ब्यवसायी सहभागी रहेका थिए ।

प्रतिकृया दिनुहोस्
- कोशी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका ३० ढोका खोलिए
- तिनाउ किनारमा बाढीको जोखिमः पुलमुनि बस्दै आएका १५ जनालाई सारियो कान्ति माविमा
- काँग्रेस कास्की क्षेत्र नं. १ को सभापतिमा सरोज केसीको उम्मेदवारी घोषणा
- नेपाली कांग्रेसको ६३० पालिकामा अधिवेशन सम्पन्न, प्रतिकूल मौसम रहेका क्षेत्रमा असोज १३ भित्र गर्न निर्देशन
- अविरल वर्षाको जोखिमपछि बुटवलका विद्यालय दुई दिन बन्द
- अत्यधिक पानी पर्न सक्ने भन्दै पोखराले दियो विद्यालयमा २ दिन बिदा
- कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित
- नेपाली कांग्रेस पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी
- फ्लाई दुबई पोखरामा अवतरण, नियमित व्यावसायिक उडान सुरु
- पोखरा कांग्रेस महानगर सभापतिका लागि त्रिपक्षीय प्रतिस्पर्धा
-
कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित
अशोज ८, २०८३

लेखकको सम्वन्धमा