रवि लामिछानेलाई थुनामुक्त नगर्न सर्वोच्चको आदेश
- सत्यदीप सन्देश संवाददाता
- जेष्ठ ९, २०८२
- 258 Shares
बुटवल । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।
न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार जारी गरेको आदेशमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय कानुनसम्मत भएको उल्लेख गरिएको छ ।
गत वैशाख ७ गते लामिछानेका तर्फबाट पत्नी निकिता पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथिको तीन दिनको बहसपछि इजलासले फैसला सुनाएको हो । आदेश शुक्रबार राति पौने ९ बजे सर्वोच्च अदालतबाट सार्वजनिक भएको हो ।
लामिछाने बुटवलको सुप्रिम सहकारी प्रकरणमा ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा हाल रुपन्देही कारागारमा थुनामा छन् । यसअघि रूपन्देही जिल्ला अदालतले उनलाई एक करोड धरौटीमा छाड्न आदेश दिएको थियो । सो आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले रिट दर्ता गरेपछि उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
प्रतिकृया दिनुहोस्
- देउवा समूहका नेता कार्यकर्तालाई गगनको चेतावनी : विधानअनुसार कारबाही हुन्छ
- यातायात व्यवस्था कार्यालय बुटवलबाट बिचौलियाको आरोपमा सात जना पक्राउ
- नेपाल-भारतबीच भएका आठ समझदारी (सूचीसहित)
- प्रधानमन्त्री बालेनसँग आज मोदीको भेटवार्ता, आजै स्वदेश फर्कने
- प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच २५ मिनेट वार्ता
- तेस्रो प्रयासमा सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, फाइनलमा जर्ज मन्सेको शतक
- भोटेकोशी/त्रिशूली बाढी पीडितलाई सार्वजनिक नभए निजी जग्गा किनेर दिनुपर्छ : गगन थापा
- प्रधानमन्त्री बालेनलाई भेट्न होटल ताज महल पुगे भारतीय विदेशमन्त्री जयशंकर
- प्रधानमन्त्री शाह नयाँदिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
- शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न प्रचण्डको आग्रह
-
माध्यमिक तहमा आलोचनात्मक चिन्तन विधि र शिक्षणको महत्व
मंसिर ६, २०८३ -
पर्यटकीय राजधानी पोखरामा धुमधामका साथ मनाइयो छठ पर्व
मंसिर १, २०८३ -
नेपाल-भारतबीच भएका आठ समझदारी (सूचीसहित)
मंसिर ८, २०८३

लेखकको सम्वन्धमा