जेनजी आन्दोलन : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी
- सत्यदीप सन्देश संवाददाता
- भदौ २४, २०८२
- 263 Shares
बुटवल । जेनजी प्रदर्शनकारीले मंगलबार साँझ भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गरेका छन् । करिब एक हजार जनाको हाराहारीमा विमानस्थल परिसरमा प्रवेश गरेका उनीहरूले भौतिक संरचनामा तोडफोड गर्नुका साथै चारवटा सरकारी गाडी जलाएका छन् । केही सुरक्षाकर्मीका गाडीमा पनि क्षति पुगेको बताइएको छ ।
रुपन्देहीमा पछिल्लो समय जेनजीहरुको आन्दोलन सार्वजनिक सम्पत्तिहरुमा तोडफोड र आगजनीमा केन्द्रित भएको छ । उनीहरुले बुटवल उपमहानगरको कार्यालय, आन्तरिक राजश्व कार्यालय बुटवल, यातायात व्यवस्था कार्यालय बुटवल, उच्च अदालतको कार्यालय बुटवल इजलास, देवदह नगरपालिकाको कार्यालय लगात दर्जनौ सरकारी कार्यालयहरुमा तोडफोड र आगजनी गरिसकेका छन् ।
यसैगरी बुटवलको भाटभटेनी, ड्रिम इन्टरनेश्नल होटेल, टुलिप होटेल लगायतमा तोडफोड तथा आगजनी भएका छन् । यसैगरी दर्जनौं नेताहरुको घरमा समेत उनीहरुले आजगनी गरेका छन् । आन्दोलन नियन्त्रण बाहिर रहेका कारण सबै सुरक्षा निकाय मौन बसेका छन् ।
प्रतिकृया दिनुहोस्
- पोखराको असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
- वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ :प्रचण्ड
- हामी मरेका छैनौं, धुलो टक्टक्याउँदै उठ्छौं : ओली
- प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
- विश्वकप फुटबलको नकआउट चरणको समीकरण पूरा, कसको प्रतिद्वन्दी को ?
- एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
- रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू
- रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित ९९ उम्मेदवार (सूचीसहित)
- रास्वपा निर्वाचन आयोगले भन्यो : सभापतिमा रवि लामिछाने निर्विरोध
- विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने
-
मेस्सी बने विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी
असार ९, २०८३ -
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
असार १४, २०८३ -
रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू
असार १२, २०८३ -
हामी मरेका छैनौं, धुलो टक्टक्याउँदै उठ्छौं : ओली
असार १४, २०८३ -
वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ :प्रचण्ड
असार १४, २०८३ -
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
असार ८, २०८३

लेखकको सम्वन्धमा